मन्त्रिपरिषद् बैठक : नेपाल सरकार कार्य विभाजन नियमावली स्वीकृत

जुम्ला मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बुधवार बिहान  सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली- २०८३ स्वीकृत गर्ने लगायतका निर्णय गरेको हो । 

बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश २०७९ को संशोधन स्वीकृत गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सनाले जानकारी दिए । 

त्यस्तै सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा सांसद योगेश गौचन थकाली (मुस्ताङ) र सुशील खड्का (बागलुङ) लाई मनोनयन गर्ने निर्णय गरेको छ।

बुधबारकै बैठकले भूमिसम्बन्धी २१औ संशोधन नियमहरू २०८३ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री तिमिल्सनाले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ बैशाख ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस