संसदमा प्रधानमन्त्रीको अनुपस्थितिबारे उठेको प्रश्नमा रुलिङ गर्न सभामुखसँग कांग्रेसको आग्रह

जुम्ला । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्री वालेन्द्र शाहलाई खोजेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सचेतक निश्कल राईले सदनमा प्रधानमन्त्री अनुपस्थित भएकोप्रति असन्तुष्टि जनाए ।

उनले प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रम छलफल हुने बैठकमा सहभागी हुन रुलिङ गर्न सभामुखसँग माग गरे । हिजो आफ्नो दलको नेताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन माग गरेको स्मरण गरे ।

नीति तथा कार्यक्रममाथि सांसदहरूको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने भनिए पनि उनी उपस्थिन नहुने भएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनेगरी कार्यसूची संशोधन गरिएको छ

प्रकाशित मिति : २०८३ बैशाख ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस