जुम्लाको तातोपानी गाउँपालिका–३ लाछु नजिक कर्णाली राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
मंगलबार साँझ भे १ ट ८९३५ नम्बरको ट्याक्टर सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
दुर्घटनामा तिला गाउँपालिका–४ का ३५ वर्षीय खर्बेन्द्र शाहीको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै, ५३ वर्षीय देउमनी सार्की गम्भीर घाइते भएका छन् र उनको उपचार भइरहेको छ।
जुम्ला बजारबाट सामान लिएर नुवाकोटतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : २०८३ असार २ गते मङ्गलवार



