जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–१० खल्लागाउँबाट वडा नं. ९ उमगाडतर्फ तिला नदी तर्ने क्रममा नदीमा भासिएको स्काइभेटरबाट दुई जनाको सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार साँझ करिब ७:५० बजेको समयमा ठूलो वर्षाका कारण तिला नदीको बहाव अचानक बढेपछि नदीको बीच भागमा स्काइभेटर बन्द भई भासिएको थियो।
स्काइभेटरमा सवार चालक कालिकोटको पलाता गाउँपालिका–४ का २७ वर्षीय आर्यन विक र सहचालक जुम्लाको चन्दननाथ नगरपालिका–३ का १८ वर्षीय आकाश सुनार रहेका थिए।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले दुवै जनाको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहिवार




