जुम्ला कांग्रेस अधिवेशन : ६ पालिकामा सहमतिमै सभापति चयन, दुई पालिकामा रस्साकस्सी

तातोपानीमा ४ जना र चन्दननाथमा ३ जना पालिका सभापतिका उम्मेदवार

जुम्ला : नेपाली कांग्रेस पार्टी जुम्लाले वडा हुदै पालिका अधिवेशन टुङग्याउने चरणमा पुगेको छ । यहाँका ८ स्थानीय तहका ६० वटा वडाका अधिवेशन टुङग्याउने चरणमा पुगेपनि चन्दननाथ र तातोपानीमा भने पालिका अधिवेशन रस्साकस्सी हुने देखिएको छ ।
निवर्तमान सभापति रवि थापा, सचिव मक्करबहादुर रावल र प्रेम रोकाया चन्दननाथ नगर सभापतिको उम्मेदवारको रुपमा अघि सरेका छन् । उनीहरु बीच सहमति नहुने र निर्वाचन नै गर्नुपर्ने स्थिति देखिएको छ । सभापतिका उम्मेदवारले मत माग्ने थालेका छन् ।
यस्तै तातोपानी गाउँपालिकाको पालिका सभापतिमा ४ जना उम्मेदवार देखिएका छन् । सभापतिको उम्मेदवारमा छिरिङ महत, विरेन्द्र शाही, मिनबहादुर कठायत र डम्बर शाही रहेका छन् ।


पालिका सभापतिमा ४ जनाको उम्मेदवारी भएपछि सहमतिमै टुङग्याउने उद्देश्यले केन्द्रीय महाधिवेशन प्रतिनिधि रामकृष्ण न्यौपाने, प्रदेश (क) का क्षेत्रिय सचिव तिर्थराज न्यौपाने र मानबहादुर शाही गरी तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलका प्रतिनिधि रामकृष्णले भने, उम्मेदवार बीच र एकल विभिन्न चरणमा छलफल भएको छ । अब अन्तिम चरणमा छलफल पुगेको छ ।


६ वटा पालिका अधिवेशनले सभापति सहमतिमै टुङग्याएको नेपाली काँग्रेस पार्टी उपसभापति कार्मा बुढाले बताए । उनले भने, पातारासीका मानवहादुर बुढा, गुठीचौरका टेकबहादुर भण्डारी, तिलाका नन्दबहादुर शाही, सिंजाका तिलाचन्द्र चौलागाई, कनकासुन्दरीका जगदिश उपाध्याय र हिमा गाउँपालिका दन्तबहादुर शाही पालिका सभापतिमा चयन भएका छन् ।

कांग्रेस इतर पक्ष महाधिवेशन
नेपाली कांग्रेसको संस्थापन इतर पक्ष १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिले जुम्ला जिल्लाको लागि केन्द्रीय प्रतिनिधि र जिल्ला संयोजक मनोनयन गरेको छ ।


तयारी समितिका संयोजक डा. शशांक कोइरालाले हस्ताक्षर गरेको पत्रमा कनकासुन्दरी – ४ का दिपेन्द्र हमाललाई केन्द्रीय प्रतिनिधि र चन्दननाथ नगरपालिका – २ का हेम बुढ्थापालाई जिल्ला संयोजकमा मनोनयन गरेको उल्लेख छ ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस