कान्तिका सेजुवालद्वारा नेपाली काँग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी 

जुम्ला । नेपाली काँग्रेसकी नेतृ कान्तिका सेजुवालले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकी छन् । पार्टीको १५ औ महाधिवेशनमा केन्द्रिय सदस्य (खुला महिला) तर्फ उम्मेदवारी दिएकी हुन् ।

चन्दननाथ नगरपालिकाकी प्रथम मेयर तथा निवर्तमान प्रतिनिधि सभा सदस्य तथा शेर देउवा नेतृत्वको काँग्रेसमा केन्द्रिय सदस्य समेत रहेकी सेजुवाल यति बेला फेरि केन्द्रिय सदस्यको दौडमा होमिएकी छन् ।

चार दशकको राजनीतिक, सामाजिक र शैक्षिक अनुभवलाई महिला नेतृत्व, कर्णालीको सशक्त प्रतिनिधित्व र समावेशी नेपाली काँग्रेस निर्माणमा समर्पित गर्ने संकल्पसहितनेपाली काँग्रेसको केन्द्रीय सदस्य (खुला महिला) तर्फ उम्मेदवारी दिएको सेजुवालले कर्णाली मिसनलाई जानकारी दिईन् । 

शसक्त महिला नेतृत्व विकास तथा कर्णालीको आवाजको सुनिश्चितता गर्न आफुलाई अमुल्य मत दिन समेत उनले आग्रह गरेकी छन् । यति काठमान्डौको खुला मन्चमा काँग्रेसको १५ औ महाधिवेशनको बन्दशत्र चलिरहेको छ ।

प्रकाशित मिति : २०८३ असोज १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस