बेलायतबाट आज एक लाख ३१ हजार डोज एस्ट्राजेनेका खोप नेपाल आउँदै

(FILES) In this file photo taken on March 11, 2021 This picture shows a vial of the AstraZeneca/Oxford Covid-19 vaccine in Paris on March 11, 2021. - Ireland suspended the use of the AstraZeneca coronavirus vaccine on March 14, 2021, following reports of blood clots in adults who received the shot in Norway. (Photo by JOEL SAGET / AFP)
1140x725

काठमाडौं –  बेलायत सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोप आज ४ः३० बजे नेपाल आउँदैछ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार बेलायतले  एक लाख ३१ हजार २०० डोज एस्ट्राजेनेका खोप नेपाल आउन लागेको हो।

‘खोप भोलि आउने कुरा थियो तर फेरि आजै साँझ आउने जानकारी आएको छ। आज ४ः३० बजेतिर उक्त खोप नेपाल आइपुग्ने बताइएको छ,’ व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले भने।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस