
काठमाडौं—नेपालमा थप २ हजार ४ सय ३३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ३३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ९ सय २९ जनाले कोभिड-१९ को संक्रमण जितेका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५ हजार ८ सय ९३ पुगेको छ ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट २६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ पुगेको छ । बिहिबार सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ८४ रहेको छ ।
प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार



