जसपाको जुम्लामा सुज अभियान

जुम्ला ः जनता समाजबादी पार्टीले जुम्लामा सुज अभियान सञ्चालन गरेको छ । जनतालाई सुसुजित गर्दै संगठन विस्तार गर्ने कार्यक्रमलाई अघि बढाउनका लागि यो अभियान सञ्चालन गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य नरेन्द्रनाथ योगीले पार्टीको सिद्धान्त, विचार प्रष्ट पार्दै नगर, गाउँ, वडामा संगठन विस्तार गर्नका लागि कार्य विभाजन गरी पार्टीलाई बैकल्पीक शक्तिका रुपमा अगाडी बनाएर देशमा निर्णायक भुमिकामा बनाउने धाराणा राखेका थिए ।
कर्णाली प्रदेश अध्यक्ष देवीकृष्ण न्यौपानले केन्दी समितिले भदौँ १ र २ गते पार्टीको केन्द्रीय समितिबाट पारित सुज अभियान निर्देशिका संगठन सुद्धिकरण र जनजागरण अभियान बारे जानकारी गराउदै पार्टीलाई चुस्तदुरुस्त बनाउने बताए ।
पार्टी जिल्ला कमिटि अध्यक्ष उमाशंकर न्यौपानेले पार्टीलाई मजबुद बनाउन तर्फ सवै नेता कार्यकर्ताको जिम्मेवारी भएको बताए । उनले भने यसमा सवैले हातेमालो गर्नुको विकल्प छैन । सवै नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी अनुसार कार्यसम्पादन गर्न उनले सुझाए । यसै सुज अभियानमा १७ जनाले पार्टी प्रवेश गरेको उनको भनाई छ ।

 

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस