कर्णाली पाेष्ट संबाददाता ।
नेकपा एमालेकाे दशाै केन्द्रीय महाधिबेशन आगामी मंसिर १०-१२ गते सम्म चितवनमा हुने भएकाे छ । चितवनमा हुने दशाै केन्द्रीय महाधिबेशनका लागि जुम्लाबाट २ सय २५ जना जिल्ला प्रतिनिधि र ७ जना महाधिबेशन प्रतिनिधि छनाैट गरिएकाे नेकपा एमाले जुम्लाले जनाएकाे छ ।
शुक्रबार पार्टि कार्यालयमा पत्रकार सम्मेलन गरि आसन्न मंसिर १० देखि १२ गते सम्म हुने दशाै महाधिबेशन भव्य र,सभ्य रुपमा सफल पार्न जुम्लाका आठैतहबाट प्रतिनिधि छनाैट सकिएकाे प्रचार विभाग प्रमुख सुमन आर्चायले बताए ।
उनका अनुसार नेकपा एमाले जुम्लाले ६० वटै वडा कमिटी, नगर र गाउँपालिका स्तरीय कमिटी सर्वसहमत ढंगले चयन गरेको छ । जसमा ७ सय ५१ महिला र २ हजार ४ सय ४५ जना पुरुष गरि जम्मा ३ हजार १ सय ९६ जना संगठीत सदस्यहरुबाट व्यापक छलफल गरि संगठित सदस्यको आधारमा २२ प्रतिशत महिला, १३ प्रतिशत दलित, खुल्ला र समावेशी गरि १५ संगठित सदस्य बराबर एक जना जिल्ला प्रतिनिधि छनौट भएका छन्
मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशैँ केन्द्रिय महाधिवेशनमा जुम्लाबाट ७ जना प्रतिनिधि जाने भएका छन् । जसमा खुल्लाबाट ४, महिला २ र १ जना दलित प्रतिनिधिले महाधिवेशनमा भाग लिने नेकपा एममले जुम्लाका अध्यक्ष शान्तिलाल महतले बताए । उनले नेकपा एमालेलाई पार्टि फुटकाे खास्सै असर नपरेकाे उल्लेख गरे । साथै,चुनावमा गठबन्धन गर्छाै भन्नू न पार्टि कमजाेर भएकाे तथ्य हाे । एमालेले फागुनमा हुने स्थानीय तहकाे निर्वाचनमा आफ्नाे बहुमत देखाउने समेत अध्यक्ष महतकाे भनाई छ ।
अध्यक्ष महतका अनुसार निर्वाचान क्षेत्र (क) बाट १५ र (ख) बाट १५ गरि जम्मा ३० जना र अन्य ५० जना गरि ८० सदस्यीय जिल्ला कमिटी रहेको जानकारी गराउनु भयो । यस्तै १ सय ४९ सदस्यीइ आयोजक कमिटी रहेको उहाँको भनाइ छ । प्रत्येक वडामा ३१ सदस्यीय, नगर र गाउँपालिकामा ७५ सदस्यीय कमिटी गरिएकाे छ ।
मुल व्यवस्थापन समितिका संयोजक जयवहादुर खत्रीले नेकपा एमालेको केन्द्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटको सबै तयारी पुरा भएको बताए । उनका अनुसार शनिवार आज उनु भयो उद्योग वाणिज्य संघ हलमा प्रतिनिधि छनौट कार्यक्रम हुने भएकाे छ ।



