
जुम्ला । नेपाल निजामति कर्मचारी यूनियनको आठौँ महाधिबेशमा जुम्लाका चन्द्र बहादुर खड्ककाले केन्द्रिय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । आगामी फागुन २१ देखि २३ गते सम्म काठमान्डौमा हुने नेपाल निजामती कर्मचारी यूनियनको आठौँ महाधिबेशनका लागि खड्काले केन्द्रिय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।
विगत लामो समयदेखि कर्मचारीको हक हितका लागि वकालत गर्दै आएका चन्दननाथ नगरपालिका ६ निवासी खड्कका हाल निजामति कर्मचारी यूनियनका केन्द्रिय सदस्य पदमा कार्यरत हुनुहुन्छ । एकै व्यक्ति दुई पदमा उम्मेदवारी हुन पाउने कर्मचारी यूनियनको प्रावधान अनुसार केन्द्रमा उपाध्यक्ष र प्रदेशमा अध्यक्षको उम्मेदवारी घोषणा गरेको खड्काले बताए ।
२०५६ सालदेखि कर्मचारीको हक हितका लागि अहोरात्र खट्दै आएका खड्का अहिले पनि कर्मचारीकै पेशागत सुरक्षा र अधिकारका लागि निरन्तर लडिरहने कर्मचारी नेतृत्व मध्यका एक हुन ।
उनी २०५६ सालमा नेपाल निजामति कर्मचारी यूनियन कालिकोटको सचिव,२०६० सालमा कर्मचारी यूनियन जुम्लाको उपाध्यक्ष हुनु भएको थियो । त्यस्तै २०६५ देखि ०७४ सम्म दुई कार्यकाल महाधिबेशन प्रतिनीधि समेत भइसकेका छन् । भने,२०७४ सालमा नेपाल निजामति कर्मचारी यूनियको केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।
यसरी लामो समय झण्डै २२ वर्षदेखि कर्मचारीको पेशागत सुरक्षा र अधिकारका लागि खटिएका खड्काले आठौँ महाधिबेशनमा केन्द्रिय उपाध्यक्ष र प्रदेश अध्यक्षको उम्मेदवारी दिएपछि उनका शुभेच्छुक शुभचिन्तक तथा समर्थकहरु खुसी भएका छन् । कर्मचारीका हक अधिकार कार्यान्वयन तथा मागहरु सम्बोधनका लागि थप नीतिगत व्यवस्था गर्न चन्द्र खड्कका जस्ता बौद्धिक तथा अनुभवी व्यक्ति निजामती कर्मचारी यूनियनको नेतृत्वमा आउनुु अति आबश्यक छ ।

उम्मेदवार खड्काले विद्यान अधिबेशनमा सहभागी भई पिछडिएको क्षेत्रको कोटा छुटाउन समेत ठुलो योगदान दिएका छन् । दुर्गम पिछडिएका क्षेत्रका कर्मचारीहरु पनि कर्मचारी यूनियनको नेतृत्वतहमा जानु पर्छ भन्ने मान्यताले पनि खड्काले पिछडिएको कोटा छुटाउन सफल भएका थिए । त्यसैले अबको नेतृत्वमा खड्कालाई आम कर्मचारीले चाहिरहेका छन् ।
कर्मचारीका तमाम समस्या समधान गर्न,पेशागत सुरक्षा गर्न,कर्मचारीहरुका सेवा सुविधादेखि समस्या सम्बोधनका लागि नीतिगत व्यवस्थामा जोड दिने लक्ष्य सहित केन्द्रिय उपाध्यक्ष र प्रदेश अध्यक्षमा उम्मेदवारी दिएकोले आफ्नो अमुल्य मत दिएर बहुमतले विजयी गराइदिन उम्मेदवार खड्काले सम्पुर्ण कर्मचारीहरुलाई अपिल समेत गरेका छन् ।
कर्मचारी क्षेत्रको अगुवाईमा लामो अनुभव बटुलेका खड्ककाले निर्णायक तहमा पुगेपछि मात्रै समग्र कर्मचारी क्षेत्रको बृहत्तर हितका लागि परिणाममुखी काम गर्न सकिने भएकोले उम्मेदवारी दिएको खड्काको भनाई छ ।



