
जुम्लाको तिला गाउँपालिका भित्रका ३२० जना गर्भवति आमासँग पोषण र स्वास्थ्य सरसफाईका विषयमा अन्तरक्रिया थालिएको छ । गर्भावस्था एक संवेदनशिल अवस्था हो । यतिबेला गर्भवतिले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । शारीरिक मात्र होइन मानसिक स्वास्थ्यको समेत बिशेष ख्याल गर्नु पर्छ भन्दै पालिकाले गर्भवति आमासँग अन्तरक्रिया कार्यक्रम थालेको हो । गर्भ रहेपछिको अवस्थादेखि नै उचित खानपान जीवनशैली र सोंच–चिन्तन आवश्यक हुने भन्दै गर्भवति आमासँग उपाअध्यक्ष कार्यक्रम मार्फत अन्तरक्रिया सुरु गरिएको छ ।
यो अवस्थामा यतिबेला गर्भवतिले मात्र होइन । उनका श्रीमान र घरपरिवारले नै राम्रो वातावरण तय गरिदिनु पर्ने भन्दै गर्भवति र उनीहरुका श्रीमानसँग अन्तरक्रिया गरिएको पालिका अध्यक्ष रतननाथ यौगीले बताए । उनले भने, कुन अवस्थामा गर्भवतिले कस्तो सावधानी अपनाउने ? के गर्ने ? के नगर्ने जस्ता कुराको बारेमा जानकरी दिनका लागि पालिकाले धेरै महिलामुखि कार्यक्रम ल्याएको बताए । उनले भने, ”भर्गावस्थामा आमाले ध्यान नदिएका कारण धेरै बालबालिकामा कुपोषण देखिने भएकाले पालिका भरी कुपोषण मुक्त बनाउनका लागि यस्ता खालका कार्यक्रम लागु गरिएको हो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष बिष्णु बुढाले भनिन, गर्भावस्थामा कुनै पनि भार उठाउन हुदैन । ताजा र पौष्टिक खानेकुरा खाने गरौ । जसका कारण बच्चालाई पूर्ण रुपमा पोषण मिलोस । स्थानीय स्तरमा उत्पादिन सागपात दुध, माछामासू गेडागुडी झोलिलो पदार्थ खाने गरौ । उपाअध्यक्ष बुढाका अनुसार हामीले पहिलो चरणमा पोषिलो खानेकुरा बितरण गरेका थियौ । त्यस्तै फिल्टर र पोषण झोला जस्ता जस्ता समग्री बितरण गरेका थियौ । उनले थपिन सरकारले सधै भरी दियर हुदैन । महिला आफै सचेत हुन पर्छ ।
त्यस्तै स्वास्थ्यकर्मी नेत्र खत्रीले भने, दिनमा कम्तीमा ६–७ गिलास पानी पिउनुहोस् । गर्भावस्थाको समयमा मदिरा ड्रग्स वा विषादियूक्त पदार्थको सम्पर्कमा बस्नु हुन्दैन । आफ्नो मर्जी अनुसार कुनै पनि औषधी सेवन नगर्ने, आफ्नो खानेकुरामा प्रोटिन क्याल्शियम कार्बोहायडे्रट, ताजा फलफुल खानु पर्ने उनले बताए । जसका कारण गर्भवति आमाको पेटभित्र रहेको बच्चा निकै परिपक्क हुन्छ ।
आमाले खानपानमा ध्यान दिएको खण्डमा बच्चाको स्वच्छ हुने उनले बताए । स्वास्थ्यकर्मी खत्रीले भने गर्भधारणका लागि महिलाको उमेर २१ बर्ष पुगेको राम्रो हुने मान्यता छ । तर तिला गाउँपालिका भित्रका विवाहित किशोरीले आफनो उमेर २१ देखि २२ वर्ष बताउने गरेपनि ३÷४ वटा सन्ता जन्माई सकेका बताउन्छन् । पालिका भरी ३२० महिला गर्भवति आमा रहेको पोषण सहजकर्ता जसुकला रावतले बताइन् ।
त्यस्तै तिला गाउँपालिका ४ की मायादेवि सुनारले सरकारले गर्भवति महिला प्रति गरेको कार्यक्रम महत्वपुर्ण भएको बताइन । उनले भनिन, ‘जेहोस अहिलेको सरकारले हामीलाई सुविधा प्रदान गरेको छ । हामी जस्ता दुर्गमका गर्भवति आमालाई स्वास्थ्यकर्मी ल्याए सचेतना दिने काम भएको छ । उनले भनिन् अहिले स्वास्थ्यकर्मीसहित उपाध्यक्ष बुढा गाउँपालिका भित्रका ९ वटा वडाका ३१ गाउँ बस्तीमा रहेका गर्भवति आमासँग भेटघाट र अन्तरक्रिया कार्यक्रम गर्ने योजना बनाएको छ ।



