हिमा गाउँपालिका पुर्ण खाेप सुनिश्चिता पालिका घाेषणा


जुम्ला । जुम्लाकाे हिमा गाउँपालिकालाई पुर्णखाेप सुनिश्चिता पालिका घाेषणा गरिएकाे छ । १६ देखि २३ महिना मुनिका बालबालिकाले खाेप पाए नपाएकाे सुनिश्चित गर्न हरेक वर्ष खाेप सुनिश्चित गर्नु पर्ने व्यवस्थानुसार आईतबार हिमा गाउँपालिकालाई पुर्ण खाेप सुनिश्चित तथा दिगाेपना पालिका घाेषणा गरिएकाे हाे ।

राष्ट्रिय पुर्ण खोप निर्देशिका बमोजिम हिमा गाउँपालिका अन्तरर्गतका ७ वटै १६ देखि २३ महिना सम्मका सम्पुर्ण बालबालिकाहरू खाेपकाे पहुँचमा पुगेपछि पुर्णखाेप सुनिश्चिता पालिका घाेषणा भएकाे हिमाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।

उनले भने,”खोपले बालबालिकालाई धेरै  रोगबाट बचाउछ । राेग प्रतिराेधात्मक क्षामता समेत बढाउछ । नागरिक स्वस्थ नभई मुलुक स्वस्थ र समृद्द हुदैन । भविष्यका मुलुक हाक्ने कर्णदार बालबालिकालाई  अहिले बालबालिका खोज र खोप भन्ने नीतिका साथ खाेप लगाएकाे छ ।  कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट बञ्चित हुनु हुँदैन भन्ने मान्यता छ ।”

१६ देखि २३ महिना सम्मका कुनै बालबालिकालाई खाेपबाट छुटाउनु हुदैन भन्ने नीति साेहि नीतिलाई जनस्वास्थ्य कार्यालय देखि पालिकाले समेत पुर्ण कार्यान्वयन गरिरहेकाे छ ।

जनस्वास्थ्य कार्यालयकाे समन्वय तथा सम्बन्धित पालिकाकाे आयाेजनामा जिल्लाभर पुर्ण खाेप सुनिश्चिता पालिका घाेषणा अभियान चलिरहेकाे जनस्वास्थ्य कार्यालय जुम्लाले जानकारी दिएकाे छ ।

‘खोजेर खोप भन्ने स्वास्थ्यको नीति अनुसार वडा भित्र रहेका सवै बालबालिकाले अनिवार्य खोपकाे पहुँचमा पुराउन सबै टोली वस्ती बस्ति र वडा वडामा पुगेपछि सबै बालबालिकाले पूर्ण खोप लगाएसंगै हिमा गाउँपालिका पुर्ण खाेप सुनिश्चितता घाेषणा भएकाे हाे ।

घाेषणा कार्यक्रममा उपाध्यक्ष सुर्पना शाही,जिल्ला समन्वय समितिका सदस्य नरविर सुनार,सबै वडाध्यक्ष,स्वास्थ्य कर्मि र स्थानीय नागरिककाे सहभागिता थियाे

प्रकाशित मिति : २०८० जेष्ठ १ गते सोमवार
प्रतिक्रिया दिनुहोस