जुम्ला । नेकपा (एमाले)ले जुम्ला जिल्ला ईन्चार्जकाे जिम्मेवारी केन्द्रीय सदस्य रतननाथ याेगीलाई दिएकाे छ । बिहीबार बसेको एमालेकाे सचिवालय बैठकले याेगीलाई दाेस्राे पटक नेपाल एमाले जुम्लाकाे जिल्ला ईन्चार्जकाे जिम्मेवारी ताेकेकाे हाे ।
यस अघि पनि जिल्ला ईन्चार्जकाे जिम्मेवारी पाईसकेका याेगीले दाेस्राे पटक पनि उनलाई सचिवालय बैठकले ईन्चार्ज ताेकेकाे हाे । पुन याेगीले एमाले पार्टि हाक्ने अबसर पाएका छन् ।
ईन्चार्ज याेगी स्थानीय तहकाे २०७४ काे निर्वाचनमा जुम्लाका आठ पालिका मध्य तिला गाउँपालिकाकाे अध्यक्षमा निर्वाचित भएर एमालेकाे साख जाेगाएका थिए ।त्यतिबेला तिला बाहेक सात पालिकामा एमाले शून्य हुँदा ईन्चार्ज याेगीले तिलाकाे अध्यक्षमा एमालेकाे जित गरेका थिए ।
साथै नेकपा एमालेले ७७ वटै जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्य विभाजन, केन्द्रीय कमिटीमा मनोनयन, प्रदेश र जिल्ला इन्चार्ज तोकेको हो ।



