कांग्रेसले टुंग्यायो कर्णाली सरकारमा सहभागी हुने मन्त्रीको नाम

जुम्ला । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीकाे नाम टुंगो लगाएकाे छ । केन्द्रमा कांग्रेस-एमाले गठबन्धन बनेपछि कर्णालीमा कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीकाे नाम टुंगो लगाएकाे हाे । कर्णालीमा एमालेले नै नेतृत्व गर्ने गरी गठबन्धनमा सहमति भएकाे छ । 

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिवविक्रम शाह, सामाजिक विकासमन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढालाई पठाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले जानकारी दिए ।

नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशी शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगर आइसकेकाले आजै मन्त्रीहरुको शपथको तयारी गरिएको छ । 

उनकाअनुसार मन्त्रीहरूको नाम र मन्त्रालयको जिम्मेवारी सहितको पत्र मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइ सकिएको छ ।

प्रकाशित मिति : २०८१ साउन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस