जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले एकनाले भरुवा बन्दुक बरामद गरेको छ । विशेष सूचनाका आधारमा गुठिचौर गाउँपालिका वडा नं. ४ बिगारे गाउँ स्थित सिमखोली डाँडा तिलाकोट भीरको आडोरमा बेवारिस्से अबस्थामा फालिएको अधैब बरुवा बन्दुक प्रहरी बरामद गरेको हो ।
बरामद गरिएको हतियार विहिबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको छ । विशेष ओडारमा छुकाई टिपाई गरी राखेको छ, भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरेर पछ्यौरीले बेरी रोखेको अबस्थामा बरामद गरिएको डिएसपी छेदिलाल कामतीले बताए । उनका अनुसार हतियारलाई स्थानीय तथा जनप्रतिनिधिको रोहवरमा रितपूर्वक बरामद गरी ल्याई थप अनुसन्धान भईरहेको छ ।
डिएसपी छेदिलाल कामती आएको सात महिनाको अवधीमा एसएलआर २ थान,कटुवा पेस्तोल २ थान,एसएलआरको म्याग्जिन २ थान, एसएलआरको गोरी राउण्ड १ थान,चाईनिज सेट ३ थान,आर्मी कम्ब्याट ५ जोर बरामद गरेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।



