जुम्ला । राष्टि्य प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले जुम्ली जनताले भाेट परिवर्तन गरेर राष्टि्य नेता जन्माएकाे बताए ।
शनिवार जुम्लाकाे कनकासुन्दरी गाउँपालिकामा आयाेजित जनसभालाई संबाेधन गर्दै अध्यक्ष लिङ्देनले जुम्लाबासीले निर्णय क्षामता देखाउदैँ भाेट परिवर्तन गरेर ज्ञानेन्द्र शाही जस्ताे निडर र शसक्त राष्टि्य स्तरकाे नेता जन्माएकाे उल्लेख गरे ।
जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद ज्ञानेन्द्र बहादुर शाहीकाे प्रशंसा गर्दै अध्यक्ष लिङ्देनले भने,’राप्रपाकाे संगठननै नभएकाे जुम्लामा ज्ञानेन्द्र शाहीलाई विश्वास गरेर बहुमत दिनु भएकाेमा धन्यबाद दिन चाहान्छु । ज्ञानेन्द्र राष्टि्य नेता भईसके । त्याे जुम्ली जनताकाे देन हाे । उनीमा पार्टिकाे महामन्त्री देखि अध्यक्ष सम्म पुग्ने क्षामता मात्र छैन् । देशकाे प्रधानमन्त्री सम्म बन्ने सम्भावना छ ।’
कर्णालीकाे पूर्वाधार विकासका लागि संघिय सरकारले गरेकाे विभेद विरुद्द सांसद शाही र आफू मिलेर संसदमै आवाज उठाउनुका साथै बजेट किताबनै च्यातेर कर्णालीमा थप एक अर्ब बजेट छुटाउन लगाएकाे समेत स्मरण गरे ।

जनताले सहि नेतृत्व छनाेटमा विबेक प्रयाेग गरेकाे खण्डमा देशकाे गरिबी र बेराेजगार न्युनिकरण गर्न धेरै समय कुर्न नपर्ने समेत अध्यक्ष लिङ्देनले दाबी गरे ।
साथै देशभर राप्रपा प्रतिकाे बढ्दाे जनलहर र विश्वासले हाैसला प्राप्त भएकाे छ । आगामी निर्वाचन २०८४ मा वडादेखि प्रदेश र संघमा राप्रपाकाे नेतृत्व आउने गरि सहयाेग गर्न अपिल गरे ।
राप्रपाले नेतृत्वगरेकाे खण्डमा १० वर्षमा सिंहाे देशकाे मुहार परिवर्तन हुने समेत अध्यक्ष लिङ्देनले दाबी व्यक्त गरे । पार्टिकाे महामन्त्री भएकाे बेला जुम्ला आउँदा राम्राे बाटाे थिएन् । बत्ती त्यस्तै थियाे ।

उनले थपे,’अहिले आउँदा निकै विकास भएकाे देखेर खुसी लाग्याे । अझै काम गर्नु पर्ने छ । ०७९ काे बाढीले क्षति गरेकाे सिँचाई कूलाे निर्माणका लागि हाम्रै पहलमा बजेट पठाएका छाै । विद्युत विस्तारकाे काम हुँदै छ ।कर्णालीकाे विकासका लागि सडक र सदनमा हाम्राे आवाज सधै बुलन्द हुन्छ ।’
भाेट हाेईन पार्टि नै फेर्नुहाेस्: मिस्र
राष्टि्य प्रजातन्त्र पार्टिका उपाध्यक्ष रविन्द्र मिस्रले ०७९ काे चुनावमा भाेट परिवर्तन गरेर ज्ञानेन्द्र शाहीलाई जिताएकाे धन्यबाद दिए । उनले अब भाेट मात्र नभई पार्टीनै परिवर्तन गर्न जुम्लाबासीलाई अपिल गरे ।
उनले भने,’पुराना नेताले हाम्राे देश बन्ने स्थिती छैन् । अब विकल्प राेज्नु पर्ने बेला आएकाे छ । देशमा राप्रपाकाे विकल्प छैन । ०८४ काे चुनावमा गाउँदेखि शहर सम्म राप्रपाकाे जीत सुनिश्चित गर्न जुटाै ।’

वर्षाै काँग्रेस एमाले र माओबादीले चलाएकाे देश र विकासकाे गति हेरि सक्याै । गाउँबाट चुनाव जितेर शहरमा महल बनाउबाट देशकाे विकास सम्भव देखिदैन् । अब राप्रपा राेज्नु नै उत्तम विकल्प भएकाे समेत उपाध्यक्ष मिस्रकाे भनाई छ ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र बहादु शाहीले जुम्लाकाे सडक,विद्युत,खानेपानी,सिँचाई विकासमा जाेड दिदैँ आएकाे बताए ।
निर्वाचित नभएकाे २ वर्ष नपुग्दै सडक पूल र वत्तीकाे तिब्र विकास भएकाे दाबी गरे । अब जुम्लामा निशुल्क एम्बुलेन्स सेवा संचालन गर्नु पर्नेमा जाेड दिए ।
उनले भने,’अब सामान्य किसान सरकारी अनुदानबाट लाभान्वित हुने गरि कृषि नीति फेर्न लागि परेका छाै । तर कृषि मन्त्रीले समय दिएका छैनन् ।अब काठमान्डाै गएर आवाज उठाउछु ।’



