जुम्ला । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पाैडेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशषज्ञ जनशक्ति उत्पादन केन्द्रका रुपमा विकास गर्नु पर्ने बताए ।
कर्णालीलाई अभाव राेग भाेक संग दाज्ने मात्र नभई यहाँका प्राकृतिक स्राेतकाे उपभाेगका विषयमा साेच्नु पर्ने उल्लेख गरे।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे प्रथम दिक्षान्त समाराेहका लागि जुम्ला पुग्नु भएका स्वास्थ्य मन्त्री पाैडेलले भने,’कर्णाली प्रतिष्ठान कर्णालीकाे मात्र हाेईन् राष्ट्रकाे गाैरब हाे । याे संस्थाले कर्णालीसहित पश्चिम नेपालमा दिएकाे सेवा प्रशंसा याेग्य छ । याे प्रतिष्ठानलाई रेफरल अस्तापल बनाउने हाेईन । यहाँ विशिष्टकृत सेवा सुरु गर्नु पर्छ । तर अपेक्षाकृत विकास हुन सकेकाे छेैन् ।अब सरकार गम्भीर हुनुपर्छ ।’
प्रतिष्ठानका सहकुलपति समेत रहनु भएका मन्त्री पाैडेलले प्रथम दिक्षान्त समाराेहबाट दिक्षित भएका ५८ जनाले कर्णालीमै सेवा दिनु पर्नेमा जाेड दिए
।
अब ५८ जना मात्र नभई सयाैका संख्यामा दिक्षित हुनु पर्छ । सरकारले कर्णाली प्रतिष्ठानकाे विकासमा कुनै कन्जुसाई गर्न नहुनेमा उल्लेख गरे।
साथै स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले नीतिगत व्यवस्था गरिरहेकाे समेत बताए ।
कर्णालीमै सेवा गर्नु पर्छ: स्वास्थ्यमन्त्री पाैडेल ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पाैडेलले दिक्षित भएका सबैचिकित्सकले कर्णालीमै सेवा दिनु पर्ने बताए ।
दिक्षित भएका व्यक्ति समाजका विशिष्ट व्यक्ति भएका कर्णालीमै सेवा गर्नुमा पर्ने उहाँले जाेड दिए ।
दुर्गम कर्णालीमा प्रतिष्ठानले स्वास्थ्य सेवा,अध्यायन अनुसन्धानमा गरेकाे याेग्दानकाे सरकारले उच्च रुपमा कदर गर्ने समेत बताए ।



