हिमा नदीमा ५ वर्षिय बालक बेपत्ता

जुम्ला । जुम्लाकाे हिमा गाउँपालिका–७ का ५ वर्षीय बालक हिमा नदीमा बेपत्ता भएका छन् । बागबजार घर भएका ५ वर्षिय बालक यमन शाही बुधबार दिउँसाे बेपत्ता भएका हुन् ।

नदी किनारमा बालुवा खेल्दै गर्दा एकाएक नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।
बेपत्ता बालककाे खाेजी कार्य जारी रहेकाे डिएसपी रविन बाबू रेग्मीले बताए ।

उनका अनुसाा अस्थायी प्रहरी पाेष्ट जुगाडकाे प्रहरौ टाेली घटनास्थलमा खटिएकाे छ । नदीकाे बहाव बढेकाले खाेजीमा कठिनाई भएकाे छ ।

प्रकाशित मिति : २०८२ असार २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस