जुम्ला । तातोपानी गाउँपालिका वडा नं ३ स्थि कालिका आधारभूत विधालय लिताकोटमा बालमैत्री पूर्वाधार निर्माण गरिएको छ । बालबालिकाको पठन पाठनलाई सहज बनाउन, सामुदायिक विधालय प्रति बालबालिकालाई आर्कषण गर्न बालमैत्री संरचना निर्माण गरिएको हो ।
तातोपानी गाउँपालिकाको समन्वयमा सेभ द चिल्ड्रेनको सहयोगमा किर्डाक, नेपालद्वारा संचालित सहयात्रा तेस्रो परियोजनाले १२ लाख बढी लगानीमा निर्माण गरेको बालमैत्री धारा, शौचालय र रेलिङ सहितका पूर्वाधार विधालयलाई हस्तान्तरण गरिएको छ ।
बुधबार एक कार्यक्रमका बीच तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईको प्रमुख आतिथ्यतामा विधालयलाई बालमैत्री संरचना हस्तान्तरण गरिएको हो ।
बालमैत्री संरचना निर्माणले विद्यालयमा अध्ययनरत बालबालिकाको सुरक्षित, स्वच्छ तथा बालमैत्री सिकाइ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूको निर्माण गरेका संरचना पठनपाठनमा सहज ल्याउने विश्वसा व्यक्त गर्दै संरक्षण तथा दिगोपनामा ध्यान दिनु पर्नेमा जोड दिए ।
कुल १२ लाख ५१ हजा, ११४ रुपैयाँ लगानीमा बालमैत्री धारा, शौचालय र रेलिङ निर्माण गरिएको हो ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले बालमैत्री संरचना निर्माण तथा बालमैत्री वाताबरणले वडा नं ३ लाई बालमैत्रि स्थानिय शासन वडा घोषणा गर्न सहयोग पुग्ने बताए । निर्माण भएका संरचनाको प्रयोग, संरक्षण र दिगोपनामा ध्यान दिन समेत सुझाव दिए ।
कार्यक्रममा बि व्य स अध्यक्ष अमर रावल, जिल्ला समन्वय समितका सदस्य नरविर सुनार,वडा अध्यक्ष गोकर्ण रावल
किर्डाक नेपाल परियोजना व्यवस्थापन राम बहादुर रावत अन्य समुदाय हरुको उल्लेखीय सहभागिता थियो ।




