खेल अपडेट : प्रि-क्वाटर फाईनलका चार खेल सम्पन्न 

जुम्ला । जुम्लामा कार्तिक ३गतेबाट जुम्लामा जारी फुटबल प्रतियोगितामा सोमबार चार वटा खेल सम्पन्न भएका छन् । चन्दननाथ नगरपालिका वडा नं ३ द्वारा आयोजित जिल्ला स्तरीय फुटबल प्रतियोगिताको सातौ दिन सोमबार चार वटा खेल सम्पन्न भएको आयोजकले जानकारी दिएको छ 

जसमा सोमबार विहान ८ बजे भएको पहिलो खेलमा सुनार टोल र मार्सी बइज बीच भएकोमा मार्सी बईज ०-४ गोललेविजयी भएको छ। उक्त खेलमा म्यान अफ द म्याच रमित रोकाया  भएका छन् । 

दोस्रो खेल मिलन युवा क्लब र प्रेसिफिक भएको थियो । जसमा मिलन युवा क्लबले १-२ गोल गर्दै जित निकालेको छ । मिलन यूवा क्लबका मिलन धरला म्यान अफ द म्याच बनेका छन् ।

सोमबार दिउँसो १ बजे भएको तेस्रो खेलमा आयोजक टिम ए भर्सेस भुरिचुला फुटबल क्लब बीच भएको थियो। आयोजक टिमले ०-४ गोल गर्दै विजय भएको छ। उक्त खेलमा म्यान अफ द म्याच चक्र लामा भए ।  सोमबारको अन्तिम खेलमा निकै रोचक भएको थियो ।

फोइ कालिका एफसी र  फोइ कालिका युवा युवा क्लब बीच निर्धारित समयमा एक/एक गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टि सुटआउटबाट भयो । पेनाल्टी सुटाउनमा फोइ कालिका एफसी विजयी भएको प्रतियोगिता मुल आयोजक समितिका संयोजक राज बहादुर खत्रीले बताए । उनका अनुसार अन्तिम खेलका म्यान अफ द म्याच रोहित गुरुङ भएका छन् ।

त्यस्तै मंगलबार पनि चार खेल हुने भएका छन् । पहिलो खेल चन्दननाथ-३ (बी) र एनडब्लु एफसी, दोस्रो खेल जनसेवा (ए) र घोगेसिम बीच हुने छ । त्यस्तै लेकाली (ए) र वडा नं ४ बीच हुने छ । भने मंगलबारको अन्तिम खेल तातोपानी भर्सेस विहानी यूवा क्लबबीच हुने छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस