जुम्ला । जुम्लामा जारी खुला पुरुष फुटबल प्रतियोगताको फाईनलमा आयोजक क्लब चन्दननाथ-३ र जनसेवा यूवा क्लब (बी) भिड्ने भएका छन् ।
चन्दननाथ नगरपालिका वडा नं ३ द्वारा आयोजित प्रतियोगितामा उपाधीका लागि चन्दननाथ-३ र जनसेवा बी भिड्ने भएका हुन् ।
शनिवार भएको सेमिफाईनल खेलमा फोईकालिका एफसी लाई हराउदैँ चन्दननाथ-३ ले फाईनलको यात्रा पक्का गरेको हो ।
खेलको दोस्रो हाफमा चन्दननाथ-३ ले १ गोल गर्दै अग्रता कायम गरेको थियो । खेलको निर्धारित समय सम्म फोईकालिका एफसीले गोल फर्काउन नसकेपछि सेमिफाईनलबाटै बाहिरिएको हो । ०-१ गोलले चन्दननाथ-३ ले जितेको हो । चन्दननाथ -३ का जर्सी नम्बर १५ ले गोल गरेका थिए । खेल अवधिभर फोईकालिका एफसीका जर्सी नम्बर ७७ ले भने उत्कृष्ट खेल प्रर्दशन गरेका थिए ।
साथै शनिवार भएको घोघेसिम एफसी र जनसेवा यूवा क्लब (बी) को दोस्रो सेमिफाईनल खेलमा जनसेवा यूवा क्लब विजय भएको । घोघेसिम यूवा क्लबलाई ०-२ गोलले पराजित गर्दै जनसेवा फाईनलमा प्रवेश गरेको हो । खेल सुरु भएको दुई मिनेटमा पेनाल्टी पाएको जनसेवाले गोल गरेर अग्रता कायम गरेको थियो |
जर्सी नम्बर ७ ले पेनाल्टि सुट प्रहार गरेका थिए । सुरुवाती देखि गोल फर्काउने कसरतमा जुटेको घोघेसिम एफसीले अन्तिम समय सम्म पनि गोल गर्न सकेन् । पेनाल्टी सुटआउटको गोलले अग्रता जनसेवाले दोस्रो हाफमा पुन गोल गरेको थियो ।
भने गोल फर्काउन नसक्दा घोघेसिम सेमिफाईनलबाट बाहिरिएको छ । प्रतियोगितामा जिल्लाभरका ४४ वटा टिमको सहभागिता रहेको थियो |
साथै फाईनल खेल आईतबार दिँउसो १२ बजेदेखि सुरु हुने प्रतियोगिता आयोजक समितिका संयोजक राज बहादुर खत्रीले बताए ।



