रतन रावल
मुगु । हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ रञ्जन बालैमा जेन्जी शहिदहरूको सम्झनामा धर्मशाला निर्माण गरिएको छ। अक्कल कोफिला फाउन्डेसनको आर्थिक सहयोगमा भदौ २३ र २४ मा भएको आन्दोलनमा सहिद भएका जेन्जी युवा ७४ जनाको सम्झनामा धर्मशाला निर्माण गरिएको हो।
लामो समयदेखि मुगु जिल्लाको दुःख सुखमा सहयोगी हात फैलाउदै आएका अक्कल कोपिला फाउन्डेसनका संस्थापक अक्कल बोहोराको सहयोगमा धर्मशाला बनाईएको छ ।
दुःखी गरिबी असाय व्यक्तिका लागि आर्थिक मात्र नभएर शैक्षिक सामग्री खाद्यान्न लत्ता कपडा समेत वितरण गर्दै आएका छन् ।यति मात्र नभएर नगरपालिका का विभिन्न विद्यालयमा शैक्षिक सामग्रीसँगै मसन घाटमा मलामीलाई ओत लाग्ने ठाउँ निर्माण भवन गर्दै आएका छन्।

जेन्जी शहीदहरूको सम्झनामा करिब नौ लाखको लागतमा धस्मशाला बनेको हो । करिब ३० जना मानिसलाई बस्ने र सुत्ने व्यवस्था सहित धर्मशाला बनेको छ ।
जनै पूर्णिमामा तीर्थयात्रु आउने जुम्ला कालिकोट बाजुरा बाट आउने तीर्थयालु लाई ओत लाग्न सहज हुने अपेक्षा गरिएको छ ।अंकल बोहोराले कामको मुगुबासीले प्रसंशा गर्दै आएका छन् ।



