जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकामा बालमैत्री स्थानीय शासन वडा घोषणा अभियान तिब्र रुपमा अघि बढेको छ । पहिलो चरणमा गाउँपालिकाको वडा नं ३ र ५ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने कार्ययोजना अनुसार कार्यक्रम तयारी तिब्र रुपमा भईरहेको छ ।
जस अन्तर्गत शुक्रबार स्थानीयतहको बाल संरक्षण अबस्था विष्लेषण प्रतिवेदन समिक्षा तथा बालमैत्री स्थानीय शासन गाउँ समितिको बृहत्त अन्तरक्रिया गरिएको छ । किर्डाक नेपालले तयार गरेको प्रतिवेदन माथि समिक्षा गरिएको थियो । भने बालमैत्री स्थानीय शासन वडा घोषणाका ५१ सूचक पुरा भए नभएको विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा सहयात्रा तेस्रो परियोजनाका परियोजना संयोजक प्रकाश शाहीले बालमैत्री स्थानीय शासन वडा घोषणाका सूचक कार्यान्वयन, हालसम्म भएका गतिविधि, हामी कार्ययोजनाले प्रस्तुतीकरण गरेका थिए ।
२०८७ सम्म नेपाललाई बालमैत्री स्थानीय शासन राष्ट्र घोषणा गर्ने राष्टि्य लक्ष्य अनुसार तातोपानीमा गतिविधि तिब्र रुपमा भईरहेको उनको भनाई छ ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले अध्यक्ष
बालमैत्री स्थानीय सशासन घोषणाका लागि बाँकि रहेका सूचक पूरा गर्न दातृ संस्थादेखि पालिकाका सम्पुर्ण टिम फिल्ड खटिन निर्देशन दिए ।
´गाउँपालिका र किर्डाकले बालबालिका क्षेत्रमा गरेको लगानी अनुसारको परिणाम देखिने गरि काम गर्न जरुरी छ ` उलने भने,´
अब संस्था र पालिका सामाजिक विकास केन्द्रित हुन जरुरी छ । बजेट तर्जुमाका बेला फेरि बाटो, सडक, मन्दिर सिँचाई पर्यटन मात्रैका कुरा आउछन् । एकातिर बालमैत्री स्थानीय शासन वडा घोषणा अभियान चलिरहेको अर्कोतिर।कार्यक्रम योजना अर्कातिर छन्। त्यसैले अब सामाजिक विकास।केन्द्रित हुन जरुरी छ ।
लागु ओैषध दुव्र्यसनि विरुद्वका पनि अभियान पनि चलाउन जरुरी छ ।`
उपाध्यक्ष रेवती रावलले महिला बालबालिकाको विकासमा गरेको लगानीको परिणाम खोज्ने बेला आएको बताईन् । सुरुवाती चरण वडा नं ३ र ५ घोषणा सफल पालिका घोषणा गर्न सहज हुने उनको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर चन्दले वडा नं ३ र ५ लाई बालमैत्री स्थानीय शासन, पोषणमैत्री वडा घोषणाको अभियान चलिरहेकाले परिणाम मुखी कार्यमा जोड दिन अनुरोध गरिन् । वडा, गाउ र पालिका समितिको काम कर्तव्य र जिम्मेवारीका विषयमा छलफल गर्न कार्यक्रम गरिएको हो । भने लागु औषध दुव्र्यसनी विरुद्वका अभियान समेत संचालन गर्न जोड दिईन् ।
साथै महिला तथा बालबालिका शाखा प्रमुख शान्ति सेजुवालले बालमैत्री स्थानीय शासन वडा घोषणा छिट्टै गर्ने तयारी अनुसार काम गरिरहेको बताईन् । केहि सूचक अधुरा रहेकाले पुरा गर्न समितिको छलफल बैठक नियमित भईरहेको जानकारी दिईन ।




