काँग्रेस जुम्लाको निर्वाचन परिचालन नेतृत्व सेजुवाललाई, उनी भन्छन् : ‘मलाई थाहा छैन्’

जुम्ला – नेपाली काँग्रेसको केन्द्रिय निर्वाचन परिचालन समितिले जुम्लाको निर्वाचन परिचालन समितिको संयोजकमा महिला नेतृ कान्तिका सेजुवालाई तोकेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका गतिविधिको नेतृत्व गर्ने गरी सेजुवालाई संयोजक तोकिएको हो । जुम्लामा सेजुवाल संगै नेपाली काँग्रेसले देशभरीका १६५ वटै निर्वाचन क्षेत्रका लागि चुनावी कमाण्डर तोकेको छ ।


नेपाली काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिले जुम्ला नेपाली काँग्रेसको निर्वाचन परिचालन कमिटीको संयोजकको जिम्मेवारी तोकेपनि आफुलाई थाहा नभएको नेतृ कान्तिका सेजुवालले बताईन् । ‘कसरी संयोजक तोकियो मलाई थाहा छैन,’उनले भनिन,‘यो विषयमा म आफै अनविज्ञ छु । मलाई सोद्धै नसोधी जिम्मेवारी तोकिएको छ । अहिले मिडियामा आएपछि मात्रै थाहा पाए । कसैले मलाई सम्पर्क पनि गरेको छैन् । संयोजक तोकेको विषयमा अनविज्ञ छु ।’


हिमाली जिल्लामा निर्वाचन हुने नहुनेमा टुंगोमा छैन् । यदपी केही दिनमा जुम्लामा आउने उल्लेख गरिन् । ‘नेपाली काँग्रेस जुम्लाको निर्वाचन गतिविधिमा जुम्ला आएर सहभागी हुन्छु । आफुले निर्वाह गर्ने भुमिका पूरा गर्छु ’‘उनले भनिन ।
साथै कर्णाली प्रदेशमा खटिनेमा नारायणप्रसाद भट्टराई, रामदेवी खड्का, सूर्यबहादुर विक, रंगमती शाही, जानकी सिंह, दिपकजंग शाह, तीर्थजंग शाही, छायाँ सुनार, मानबहादुर नेपालीलाई कर्णालीका विभिन्न जिल्लाको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २०८२ माघ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस