जुम्ला – आगामी फागुन २१ गतेहुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले अस्थायी मतदाताका लागि दुईवटा मतदान केन्द्र कायम गरेको छ ।
सदरमुकाम खलङ्गा बजारमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाको मैदान र जिल्ला स्थित कारागारमा अस्थायी मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी दिए ।
निजामती कर्मचारी र नेपाली सेना,प्रहरी र सशस्त्र प्रहरीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मैदानमा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । कारागारमा रहेका थुनुवा वा कैदीलाई कारागारको कार्यालयमा अस्थायी मतदान केन्द्र राखिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी कँडेलको भनाइ छ ।
अस्थायी मतदाता नामावलीमा समावेश भएकाले सामानुपातिक तर्फको निर्वाचनमा मात्र मतदान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।



