जुम्ला । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले चुनावी संकल्प-पत्र सार्वजनिक गरेका छन् । जुम्लालाई मोडेल जिल्लाका रुपमा विकास गर्ने ´जुम्ला समृद्वीको संकल्प-पत्र` सार्वजनिक गरेका हुन् ।
आईतबार विहान पत्रकार सम्मेलन गरी जुम्ला समृद्वीका लागि १२ वटा स्तम्भ सहितको संकल्प पत्र सार्वजनिक गरेका छन् ।नीति कानुन तथा संरचना निर्माण, खष सिंजा सभ्यताको संरक्षण,आधुनिक तथा दिगो पूर्वाधार विकास,आत्मनिर्भर अर्थतन्त्रका एजेण्डालाई प्रथामिकता दिईएको छ ।
त्यस्तै स्वास्थ्यमा क्रान्ति, शिक्षा र जनशक्ति विकास, उर्जा र सिँचाई विकास, पर्यटन तथा साँस्कृतिक सर्किट, डिजिटल र संचार पहुँच,यूवा खेलकुद रोजगारी र उधमशीलता, महिला दलित र पिछडिएका समुदायको उत्थान र सुशासन र पारदर्शिता गरी १२ वटा स्तम्भमा समेटेर जुम्ला समृद्वीको संकल्पपत्र सार्वजनिक गरिएको नेकपाका उम्मेदवार नरेश भण्डारीले बताए । उनले जुम्लालाई माग्ने नभई दाता जिल्लाका रुपमा विकास गर्नु पर्ने समय आएको उल्लेख गरे ।
´भाषा साँस्कृतिक र सभ्यता दिने जुम्ला मगन्ते हुन सक्दैन्,`उनले भने,´सम्भावना भएर पनि जुम्लाले दाता जिल्लाको परिचय बनाउन सकेन् । सधै हेयको दृष्टिले हेरिएको छ । यसमा नीतिगत हिसाबमै बहस गर्न, नीति निर्माणमा जोड दिन हाम्रो जीत आबश्यक छ ।`
जिल्लाको परिणाममुखी विकासका लागि हाम्रो विकल्प अरु नभएको उनको दाबी छ ।



