जुम्ला गुठीचौर गाउँपालिका – ३ गज्यांकोट गाउँकी २२ वर्षीया कविता बुढाले जातीय विभेद गरेको आरोपमा प्रहरी चैत १६ गते पक्राउ गरेका छ । चैत १५ गते बेलुकी चन्दननाथ नगरपालिका – ५ कालेखोलीको एक सार्वजनिक होटलमा गुठीचौर गाउँपालिका – ३ गज्यांकोटकै २७ वर्षीय राजबहादुर सुनार अपशव्द प्रयोग गरी जातिय विभेद गरेको आरोपमा प्रहरीले आरोपितलाई पक्राउ गरिएको हो । जातीय विभेदको घटनापछि सोसल मिडियामा अपशव्द प्रयोग गरेको भिडियो सार्वजनिक भएको थियो ।
जातिय विभेद घटनाका पिडित पक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालय, जुम्लामा ठाडो उजुरी दिएपछि आरोपितलाई पक्राउ गरिएको डिएसपी नविनबाबु रेग्मीले बताए । उनले भने, घटनाको अनुसन्धान भई रहेको छ ।
पत्रकारलाई गालीगलोज
जातिय विभेद भिडियो सोसल मिडियामा सार्वजनिक गरेपछि पत्रकार महेश नेपालीलाई घटनाका आरोपित बुढालाई अपशव्द प्रयोग गरी गालीगलोज गरेपछि पत्रकार महासंघ जुम्लाले प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।
नेपालको संविधान तथा जातीय छुवाछूत र भेदभाव कसूर रसजाय ऐन, २०६८ ले जातका आधारमा कुनै पनि विभेद गर्न नपाईने र कसैले गरे कानुन विपरित हुने स्पष्ट व्यवस्था उल्लेख गरिएको छ ।
कानुनको धज्जी उडाउदै सार्वजनिक स्थलमै गरेको जातिय विभेदको भिडियो कुटिरो डटकमले प्रशारण गर्नु एक संचारगृहको धर्म हो विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रशारित भिडियोमा कुनै चित्त नबुझे कानुनी बाटो अवलम्बन गर्नुपर्ने अवस्था हुदाँहुदै गालीगलोज गर्नु दुखद पक्ष हो । असभ्य भाषा प्रयोग गरी गालीबेजती जस्तो निन्दनीय कार्यप्रति नेपाल पत्रकार महासंघ शाखा जुम्लाले आपत्ति जनाएको छ ।



