तातोपानी ब्यूटाक्लोर प्रयोगको निरुत्साहित अभियान सुरु, किसानका खेतमै सचेतना

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले ब्यूटाक्लोर प्रयोगलाई निरुत्साहित गर्न अभियान संचालन गरेको छ । मार्सीधानको रोपाई सुरु हुनु अगावै तातोपानी धानमा लुकिछिपी प्रयोग भईरहेको झारनासक विषादी (ब्यूटाक्लोर) को प्रयोगलाई निरुत्साहित गर्न सोमबारदेखी अभियान संचालन गरेको हो ।

सोमवारदेखी जेठ २८ गते सम्म संचालन हुने गरी ब्यूटाक्लोर प्रयोगलाई अन्त्य गर्न एक महिने अभियान संचालन गरिएको छ  अभियान अन्तर्गत तातोपानी गाउँपालिका वडा नं १ देखि ८ सम्मका सबै मार्सी उत्पादन हुने खेत तथा घरदैलोमा पुगेर सचेतनामुलक कार्यक्रम संचालन गरिने छ ।

तातोपानीले किर्डाक, सहयात्रा तेस्रो परियोजना, लक परियोजना, रेरास, लिर्वड लगायतका दातृ निकाय संगको समन्वयमा एक महिनाको कार्ययोजना निर्माण गरी अभियान शुभारम्भ हुने लागेको छ ।

सोमवार प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले अभियानको शुभारम्भ गरेका छन् । भने कार्यक्रममा सहभागी राजनीतिक दल,किसान, नागरिक अगुवाले ब्यूटाक्लोर प्रयोग नगर्ने साझा प्रतिबद्वता गरेका छन् । 

जुम्लामै  पहिलो मार्सीधानको  खेती तातोपानीबाट सुरुवात भएको हो । पहिलो धानखेती भएको खेतलाई ´गुरु फोक्टो` भनिन्छ ।  समग्र जुम्लामा २८ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती हुँदा वार्षिक उत्पादन ५ हजार ९८७ मेट्रिकटन उत्पादन हुन्छ भने उत्पादकत्व २.०७ प्रतिशत रहेको छ ।

समग्र जिल्लाको उत्पादकत्वको तुलनामा तातोपानी गाउँपालिकामा धानको उत्पादकत्व बढी छ । जुम्लाभरीको धानको उत्पादत्व २.०७ प्रतिशत हुँदा तातोपानीको उत्पादकत्व ३.०२ प्रतिशत रहेको छ । तातोपानीको कुल ९३.१३ हेक्टरमा धान खेती वार्षिक उत्पादन २८१ मेट्रिकटन हुने गरेको छ ।

जिल्लामै सबै भन्दा बढी उत्पादत्व रहेको तातोपानीमा पछिल्लो समय किसानले क्षणिक फाईदाका लागि ब्युटाक्लोर प्रयोग गर्न थालेपछि पालिकाले न्युनिकरणको अभियान थालेको हो ।

कृषि शाखा प्रमुख प्रेमकृष्ण उपाध्यायले झारनासक विषादी (ब्युटाक्लोर) को प्रयोगले माटोको उर्वरा शक्ति घट्ने, मानव स्वास्थ्यमा गम्भीर असर पर्ने र पशुचौपायमा समेत समस्या गर्ने भएकाले यसको प्रयोगलाई निर्मुल गर्ने अभियान थालिएको बताए । उनका अनुसार एक महिना भरी किसानका खेत खेतमा पुगेर विभिन्न सेचतनाका कार्यक्रम गरिने छ । 

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले ब्युटाक्लोर प्रयोग गर्नेलाई कारबाहि गर्न स्थानीय तहले कानुन बनाउनु पर्ने बताए । 

जुम्लाको उत्पादनले राष्टि्य तथा अन्तराष्टि्य बजारमा राम्रो मुल्य पाईरहेकाले गुणस्तरीय उत्पादन, उत्पादन बृद्वि तथा किसानको आयस्तर बढाउन रसायनिक विषादीको प्रयोग रोक्नै पर्ने बताए । 

नेपालकै पहिलो अर्गानिक जिल्लाको परिचय बनाएको जुम्लाको पहिचान कायम राख्न तातोपानीले थालेको अभियान प्रसंशनीय रहेकोमा जोड दिए । जिल्लाका आठै पालिकाले रसायिनक मलको प्रयोगमा कडाई गर्नु पर्ने उनको भनाई छ ।  

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले धान रोपाई सुरु हुनु भन्दा अगाडी नै ब्युटाक्लोर प्रयोगलाई रोक्न अभियान थालिएको बताए ।  

´बढ्दो ब्यूटाक्लोरको प्रयोगकै कारण उत्पादन गिरावटदेखी मानव स्वास्थ्यमा गम्भीर असर परेको छ`उनले भने,´पालिकाबाट हालसम्म ३१ जना महिलाको उपचारका लागि सिफारिस दिएका छौ ।त्यसमा २२ जनालाई पाठेघर क्यान्सर भएको थियो । त्यसको मुख्य कारणनै धानमा ब्युटाक्लोर प्रयोग हो। किसानले जति मेहनत गरेपनि उत्पादन सोचे जस्तो पाउन सकेका छैनन् । त्यसैले ब्युटाक्लोर रोक्न अभियानै चलाएका छौ । लुकिछिपी प्रयोग गरे सिधै कारबाहि गर्छौ ।`

अर्गानिक जिल्लाको पहिचान कायम राख्न  तातोपानीले सुरु गरेको अभियानमा सबै किसान तथा सरोकारवालाले सहयोग गर्न अनुरोध गरे । रसायनिक विषादी प्रयोग रोक्न किसानलाई सचेतीकरण, क्षामता विकास, किसान जाँगर, बेमौसमी तरकारी खेती, रोग किरा निवारण सहयोग गरिएको उल्लेख गरे । गत साल ब्युटाक्लोर प्रयोग गर्ने ४ जनलाई कारबाहि गरिएकोमा यसवर्ष अभियान कडाईका साथ संचालन गरिने बताए । 

तातोपानी-५ का छिरिङ महतले ब्युटाक्लोरले उत्पादनमा गिरावट मात्र हैन, भविष्यमा प्रतिकुल असर पर्ने र ज्यान समेत जान सक्ने भएकाले किसान सचेत हुनु पर्ने बताए । 

जिल्ला कृषि विकास कार्यालय जुम्लाका रामभक्त अधिकारीले१४ औ जिल्ला परिषदबाट जुम्लालाई नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा भएपनि लुकिछिपि विषादी प्रयोग भईरहेको बताए ।लुकिछिपि भईरहेको प्रयोगलाई रोक्न जुम्लामै पहिलो तातोपानी पालिकाले विषादी निरुत्साहितको अभियान चलाएकोमा धन्यबाद दिए । 

उनले भने,´एक महिने अभियान जुम्लाको हकमा अनुसरण योग्य छ ।जुम्लाको कृषि वस्तु उत्पादनदेखि उपभोग सम्म स्वच्छ, स्वास्थ्य र गुणस्तरमा ध्यान दिन जरुरी छ । विषादी प्रयोग रोकेर जुम्लाका आठै पालिकाले मार्सीधानको (प्याटेन राईट) जुम्लाले लिनुपर्छ ।राम्रो मुल्य पाउन, प्याटन राईट प्राप्त गर्न, आयआर्जन बढाउन, उत्पादन बढाउन, पोषणमा सुधार ल्याउन विषादी प्रयोग रोक्न तातोपानीको अभियान अनुसरणयोग्य छ ।`

तातोपानीकी उपाध्यक्ष रेवती रावलले जुम्लामा अर्गानिक घोषणा भएपनि उत्पादन बढ्न नसकेको बताए ।सकेको छैन् ।विषादी प्रयोगलाई निरुत्साहित गर्न किसान जाँगरणलाई अघि बढाउन जरुरी रहेकोमा जोड दिईन् ।

प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर चन्दले ब्युटाक्लोरको प्रयोग महिलाहरु क्यान्सर पिडित भएको, उत्पादन घट्न थालेपछि तातोपानीले दातृ संस्था संग सहकार्य गरी अभियान चलाएको बताए । उनले भने,´तातोपानीसंगै जिल्लाका आठै पालिकाले अभियान थाल्नुपर्छ । अर्गानिक उत्पादनमा जोड दिई आयआर्जन बढाउन पनि रसायनिक विषादी रोक्नुपर्छ ।प्रांगारिक जिल्लाको पहिचान कायम राख्न गुणस्तरीय उत्पादन गरी लेबलिङ,प्याकेजङ गरि बजारीकरण गरी आयबृद्विमा जोड दिनुपर्छ `

दलहरुका तर्फबाट एमाले नेता आदी प्रसाद न्यौपाने, धनकृष्ण पाण्डेले जानेबुझेकै हरुबाट प्रयोग बढेको बताए । उनिहरुले पाठ्यक्रममा विषादी प्रयोग,त्यसका असरका विषयमा  विधालय स्तरमै सिकाउन जोड दिए । रसायनिक विषादी प्रयोग अन्त्य गर्ने मात्र नभई, जैविक विषादी उत्पादनमा पालिकाले ध्यान दिन सुझाव दिए  । 

प्रकाशित मिति : २०८३ बैशाख २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस