जुम्ला-संविधानले हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनु पर्ने स्पष्ट व्यवस्था गरेको छ । महिलालाई राज्यको मूल प्रवाहमा ल्याउन, शसक्तिकरण गर्न नेतृत्वमा महिला सुनिश्चिता अनिवार्य हुनु पर्ने संविधानकै परिकल्पना हो । सोहि अनुसार हरेक तहमा महिलाको अर्थपुर्ण सहभागिता र कार्यकारी पदमा हुनु पर्ने आवाज पनि चर्को रुपमा उठिरहेको देखिन्छ ।
तर पृत्तीसत्तात्मक सोच र स्वयम महिलाहरु एकजुट नभएका कारण महिलाहरु अझै कार्यकारी पदमा पुग्न सकेका छैनन् । तुलनात्मक रुपमा हेर्दा महिला नेतृत्व विकासले काँचुली फेर्दै छ । तर अपेक्षाकृत, संविधानको मर्मनुसार छैन् । हरेक तहमा ३३ प्रतिशत सहभागिता केवल सहभागिता मात्रै छ ।
स्थानीय सरकार संचालनपछि देशभरमै अपबाद बाहेक महिला मेयर, अध्यक्ष पदमा छैनन् । उम्मेदवार छनोटमै पुरुषलाई मेयर, अध्यक्ष र महिलालाई उपमेयर, उपाध्यक्षमै सिमित बनाएका छन् । यसमा विषयमा महिला नेतृहरु आफ्ना पार्टीको नेतृत्व विरुद्व शसक्त आवाज उठाउन सकेका छैनन् ।

जसका कारण महिला नेतृत्व विकास र सहभागिता केवल ओेपचारिकतामा सिमित छ । राज्यका हरेक कार्यकारी पद र अर्थपूर्ण सहभागिताका निम्ती महिलाहरु आफै शसक्त नहुनु, पार्टि नेतृत्व विरुद्व आवाज उठाउन नसक्नु, महिला नेतृहरु बीच एकता, सहकार्य समन्वय नहुनु मुख्य समस्या हुन् । जसका कारण महिला नेतृत्व विकासका नारा परिणाममुखी बन्न सकेका छैनन् ।
तीन दिने तालिम र कार्ययोजना
महिला क्षामता हुँदा हुदै, ईच्छा शक्ति हुँदा हुदै पनि विभिन्न कारण मुल नेतृत्वमा पुग्न नसकेका, विचार व्यक्त गर्न नसकेका, एकता नभएका तर मनमा सोच र आँट भएका महिला नेतृहरुको क्षामता विकास गर्न तीनको तालिम आयोजना गरिएको थियो । सर्वोदय नेपाल मार्फत संचालित टेवा नेपाल परियोजनाद्वारा साउन २३ देखी २५ गतेसम्म आयोजित राजनीतिक नेतृत्व विकासका महिलाको क्षामता विकास तालिम संचालन भयो ।
तालिममा जुम्लाका सबै राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने, आगामी २०८४ को स्थानीय चुनाव उम्मेदवार बन्न तयार र हाल उपाध्यक्ष पदमा रहेका महिला नेतृत्व सहभागि थिईन् ।

तालिममा सहभागी सबै दलका २५ जनै महिला नेतृहरुले अब राजनीतिक नेतृत्वमा महिलाको सहभागिता देखि कार्यकारी पद नछाडेरै लिने समेत दाबी गरेकी छन् ।
२५ जना सम्भावित उम्मेदवार महिलाहरुले तीन दिन सम्म नेतृत्वमा महिला सहभागिता अपेक्षाकृत हुन नसक्नु कारण, वर्तमान अबस्था, स्वयम महिलाहरु थाल्नु पर्ने कदम र आगामी कार्ययोजना बारे गहन छलफल गरिएको सर्बोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले बताए ।
ग्रामिण महिलाहरुको हितका निम्ती उल्लेखीय काम गर्दै आएको सर्वोदय चुनाव नजिकीदै गर्दा महिला नेतृत्व विकास र शसक्तिकरणका लागि गरेका तालिमबाट जुम्लाका महिला नेतृहरु लाभान्वित भएका छन् । कार्यकारी निर्देशक खत्री भन्छन,´हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस्र, निर्णय प्रक्रिया महिलाकै बढी हात होस भन्ने चाहान्छौ ।त्यसका लागि महिला सक्षम हुनु पर्छ । हामीले तालिम मार्फत सचेत र सक्षम बनाउने लक्ष्य लिएका छौ । फिल्डमा गएर अगाडी बढ्ने की ब्याक हुने महिलाहरुकै हातमा निर्भर रहन्छ ।`
तीन दिने तालिमको प्रशिक्षण पार्वती पाण्डेले गरेकी थिईन् । महिलाको क्षामता तथा नेतृत्व विकासका लागि लामो समयदेखि प्रशिक्षण दिदै आएकी पाण्डेले आफ्नो नेतृत्वमा सुन्दर घर बनाउन सक्ने, घर व्यवहार चलाउन सक्ने महिलाले अबसर पाएमा राष्ट्र चलाउन सक्ने बताईन् ।

उनले भनिन,´समाजमा अहिले पनि महिलाले कार्यकारी पद सम्हाल्न सक्दैनन की ? भन्ने साँघुरो सोच छ । त्यो सोचलाई भत्काउन अब महिला जाग्नुपर्छ । नेतृत्व माग्ने हैन खोस्नुपर्छ, गुनासो हैन प्रश्न गर्नुपर्छ भन्ने कुरा महिलाले बुझ्न पर्छ । तालिम यीनै विषयमा गहिरो छलफल गरेका छौ । यस महिला नेतृत्व विकासमा केह फेरबदल ल्याउने आशा छ ।`
साथै तालिममा नेतृत्वमा सफल हुन, चुनाव जित्न सामाजिक संजाल प्रयोग, संगठन सुदृढीकरण लगायतका विषयमा समेत छलफल गरिएको छ ।
महिलालाई लक्षित गरेर नेतृत्व विकास सम्बन्धि तालिम आयोजना गरेका सर्वोदय नेपाललाई महिला नेतृ विष्णुमाया बुढा, कल्पना दमाई, रेवती रावल लगायतले धन्यबाद दिईन् । नेतृत्वका लागि अब महिला बीच एकता सहकार्य पनि आबश्यक रहेको कुरा तालिमले महसुश गराएको उनिहरुको बुझाई छ ।

साथै तालिमको समापन संगै आगामी कार्ययोजना समेत बनाईएको छ । जसमा महिला नेतृत्व विकासका लागि वकालत गर्ने छुट्टै संयन्त्र निर्माण गर्ने, मुख्य राजनीतिक दलका नेतृत्व संग संवाद गर्ने, सबै पार्टीका महिला नेतृहरु बसेर साझा अवधारणा तयार गर्ने, चुनाव नजिकीदै गर्दा अर्थपूर्ण महिला नेतृत्व विकासका लागि पार्टीलाई दबाब दिने, नियमित छलफल बैठक गर्ने र सबै गतिविधिको पत्रकार सम्मेलन गरी जानकारी दिने लगायतका कार्ययोजना तयार भएको सर्बोदय नेपालका अध्यक्ष नारायणी चौलागाँईले बताए ।
कार्ययोजनाको मिति नै तय भएका उक्त मिति भित्रै सबै काम गर्न सबै महिलाहरु सहमत भएको उनको भनाई छ । सर्वोदयले आगामी दिनमा महिला नेतृत्व विकासका कार्यक्रमलाई प्रथामिकता दिएर काम गर्ने अध्यक्ष चौलागाँईले उल्लेख गरे ।




