जुम्ला ।
खेल क्षेत्रमा १० वर्ष लामो अनुभव बटुलेका यूवा नरजीत शाहीले जिल्ला खेलकुद विकास समिति जुम्लाको अध्यक्षमा आकांक्षा व्यक्त गरेका छन् । देशभरका खेलकुद विकास समितिमा अध्यक्ष चयनको प्रक्रिया चलिरहँदा जुम्लाको अध्यक्षमा यूवा खेलाडी तथा रेफ्री शाहीले आकांका व्यक्त गरेका हुन् ।
आफ्नो दश वर्षको अनुभवलाई जुम्लाको खेल क्षेत्रको विकास र विस्तारमा खर्चिने दृढ संकल्प सहित शाहीले अध्यक्षमा आउन खोजेका छन ।
विगतको जस्तो राजनीतिक भागबण्डामा अध्यक्ष लगायतका पदाधिकारी चयन गर्ने प्रबृत्ती अन्त्य भईसकेकाले नयाँ सरकारले यूवालाई प्रथामिकता दिने अपेक्षा सहित जुम्ला खेलकुद विकास समितिको अध्यक्ष बन्न आफू तयार रहेको यूवा नरजीत शाहीले बताए ।
हिमा गाउँपालिका वडा नं ५ बुअ गाउँका यूवा शाहीले आफु २०६८ सालदेखी निरन्तर खेलक्षेत्रमा सक्रिय रहेको उल्लेख गरे । ´पद पाईसकेपछि के गर्ने भन्ने अन्यौलता हैन्, मसंग ठोस् योजना छन्,उनले भने,´जुम्लामा वर्षेनिक खेल आयोजना, नयाँ खेलाडी छनोट, पुरालाई प्रोत्साहन, खेलाडी छनोट पारदर्शी, प्रदेश तथा अन्तरजिल्लाका प्रतियोगितामा सहभागीलाई सुनिश्चित लगायतका काम गर्ने ठोस योजना छन् ।

जिल्लाको सिंजा बाट फुटबल खेल्दै २०६८ साल सुरु भएको खेल क्षेत्रको यात्रालाई शाहीले अनवरत बढाईरहेका छन् ।
काठमाडौं को च्यासल युथ क्लब मा हुँदै अन्य नेपाल भरी का धेरै फुटबल खेल खेल्दै २०६८ लगभग १० वर्ष को अनुभव छ । भने
५ वर्ष कोच र रेफ्री को अनुभव शाही छ । आफ्नो दश वर्षको अनुभवलाई व्यवहारमा पषलागु गरी जुम्लालाई खेलको हब बनाउने समेत उदेश्य राखेको शाही भनाई छ ।
यतिबेला अध्यक्षहरुको सर्ट लिष्ट आउने बेला भएको छ । सबै क्षेत्रबाट सहयोग प्राप्त गरे जुम्लाको खेलकुद विकासलाई कति दिने अठोट रहेको बताए



