मौरेलेख दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

जुम्ला । डोल्पाको जगदुल्ला गाउँपालिका–४ स्थित मौरेलेखमा आइतबार भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ।


जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार त्रिपुरासुन्दरी नगरपालिका–८, डोल्पा निवासी ३८ वर्षीय विष्णु बुढाको घटनास्थलमै मृत्यु भएको हो।


डोल्पाको एए गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ आउँदै गरेको क.प्र.०१–००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई करिब २०–२५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।


दुर्घटनामा चालकसहित ११ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचार भइरहेको छ। चालकको अवस्था मध्यम रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८३ असार २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस