जुम्ला। विद्युत् सर्ट सर्किटका कारण दैलेख जिल्लाको दुल्लुस्थित नेपाल टेलिकमको रेक्टिफायर तथा केही मोड्युलमा क्षति पुगेपछि उक्त क्षेत्रमा भ्वाइस, इन्टरनेट तथा IPTV (टिभी) सेवा अस्थायी रूपमा प्रभावित भएको छ।
नेपाल टेलिकम, जुम्लाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सेवा पुनः सञ्चालनका लागि श्री वीरेन्द्र खत्रीको नेतृत्वमा प्राविधिक टोलीले क्षतिग्रस्त रेक्टिफायर प्रतिस्थापनको कार्य तीव्र गतिमा गरिरहेको छ। सेवा करिब ३० मिनेटभित्र पुनः सञ्चालनमा ल्याउने लक्ष्यका साथ आवश्यक प्राविधिक काम भइरहेको जनाइएको छ।
नेपाल टेलिकमले सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति हार्दिक क्षमायाचना व्यक्त गर्दै सेवा यथाशीघ्र सुचारु गराउन सम्पूर्ण प्राविधिक प्रयास जारी रहेको जनाएको छ।
प्रकाशित मिति : २०८३ साउन २ गते शनिवार




