घरका लागि ढुंगा फोड्ने क्रममा च्यापिएर एक युवकको मृत्यु

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका–३ खानीडाँडामा आफ्नै घर निर्माणका लागि ढुंगा फोड्ने क्रममा ढुंगाले च्यापिएर एक युवकको मृत्यु भएको छ।


जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार भुली निवासी २७ वर्षीय राजिव शाही मंगलबार दिउँसो करिब २:३० बजे घरका लागि ढुंगा फोड्ने क्रममा माथिबाट खसेको ढुंगाले च्यापिएर गम्भीर घाइते भएका थिए।


घटनापछि प्रहरी चौकी नराकोटबाट खटिएको प्रहरी टोलीले उनलाई तत्काल नराकोट स्वास्थ्य चौकी पुर्‍याएको थियो।

त्यहाँबाट थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइए पनि उपचारकै क्रममा साँझ ५:५५ बजे चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस