जुम्ला । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईले आफ्नो सम्पत्ति विवरणका विषयमा भ्रम फैलाइएको बताएका छन् । सार्वजनिक पद धारण गरीसकेपछि जवाफदेहिता र पारदर्शशिताका लागि सम्पत्ति विवरण सार्वजनिक गरिएकोमा त्यसलाई भ्रम फैलाइएको बताएका हुन् ।
विहिबार विहान रेडियो कर्णालीको कर्णाली कचहरी कार्यक्रममा अन्तरबार्ता दिदैँ अर्थमन्त्री पछाईले भने,‘घरमा श्रीमती, आमा, बहिनीको गरेर २०÷२५ तोला सुन चाँदी छ । तर मिडियामा ६०÷७० तोला सुन चाँदी भनियो । जुन कुरा झुट हो । म सुन चाँदीको शोखिन व्यक्ति होईन् । मेरो आचारण र नैतिकता सबै जनताले बुझेका छन् । यो भ्रमबाट सबै मुक्त हुनु होला ।’
खेत,पाखोबारी, बगैचा, लेकाली जमिन गरी बुबाको नाममा २८ कित्ता छ । जुन अर्थमन्त्री पछाईको आफ्नै पैत्तृक सम्पत्ति हो । उनका बुबा जुम्लाका पुराना जडिबुटि व्यापारी पनि हुन् । २०४७ सालतिर मन्त्री पछाईका बुबा जडिबुटिको व्यापार गर्थे । बुबाको सम्पत्ति मेरो सम्पत्ति हो । आमा, दिदि बहिनी, श्रीमतीले लगाउने सुन चाँदी मेरै सम्पत्तिमा गणना गर्दा पनि बढीमा २० तोला सुनचाँदी होला, यसलाई किन मिडियामा भ्रम फैलाएर ६०÷७० तोला भनियो ? यस्तो भ्रमका पछि नलाग्न उनको अनुरोध छ ।
साथै सेयर कारोबारका विषयमा पनि प्रश्न उठाएको देखे, मन्त्री पछाईले थपे,‘म विद्यार्थी राजनीति गर्नेबेलादेखीनै सेयर कारोबार गर्दै आएको थिए । त्यतिबेला, फिजिकल सेयर कारोबार हुन्थ्यो । भर्खर हाईडोपावरहरु आईपिओमा गएका थिए । त्यसरी अहिलेसम्म सेयर कारोबारमा संलग्न छु । परिवारमा श्रीमती, बहिनी, भाई सबै जागिरे छन् । मैले राजनीतिक जीवनमा कसैलाई एक सुक्को पनि अनुचित लाभ लिएको छैन् । भने अभावको जीन्दगी पनि बिताउन परेन् ।’
म सादगी जीन्दगी बिताउने मान्छे हुँ । मैले पहिलो पटक चुनाव लडे, ठुलो खर्च नगरी मैले चुनाव जितेको उल्लेख गरे । सार्वजनिक पदमा बसेपछि हरेक विषय सार्वजनिक हुनुपर्छ, तर सार्वजनिक गर्ने नाममा भ्रमखेती नगर्न मिडियाकर्मीहरुलाई अनुरोध समेत गरेका छन् । भने आम कर्णाली बासीलाई समेत भ्रममा नपर्न आग्रह गरेका छन् ।
साथै कर्णाली कचहरी कार्यक्रममा मन्त्री पछाईले प्रदेश सरकारका पछिल्ला गतिविधिका विषयमा जनता सामु प्रष्ट पारेका छन् ।




