दशौँ राष्ट्रिय खेलकुदः पूर्वाधार हुँदा पनि खेल संचालनमा जुम्लालाई उपेक्षा

कर्णालीको अर्थतन्त्र चलायमान हुने अपेक्षा

जुम्ला- आगामी मंसिर १६ देखि २७ गतेसम्म दशौं राष्ट्यि खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुदैँ छ ।  कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव रविन्द चन्दका अनुसार आयोजनाका सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । 

होटल बास व्यवस्थापन देखि खेलाडी तथा अतिथिको सत्कार, प्रशिक्षण लगायत अन्य सबै व्यवस्थापन अन्तिम चरणमा पुगेको छ ।   दशौं राष्ट्यि खेलकुदमा सात प्रदेशका हजारौ खेलाडी तथा प्रशिक्ष दर्शक कर्णाली पुग्ने छ । तर प्रदेश राजधानी सुर्खेतपछिको जुम्ला भने सुनशान हुने छ । जुम्लामा एउटा पनि खेल नहुने भएपछि जुम्ला सुनशान हुने भएको छ । 

कर्णाली प्रदेशको राजधानी सुर्खेतपछि पूर्वाधार, संरचना तथा सुविधाका हिसाबले जुम्ला जिल्ला सम्पन्न छ ।  सुर्खेत पछि ठुलो शहरका रुपमा समेत जुम्लालाई हेरिन्छ । भने हजारौ पर्यटक, अतिथिहरुलाई न्यानो आतिथ्यता तथा हस्पिटालिटी दिन सक्ने समेत जुम्लाको सामाथ्र्य छ । 

तर यही मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्यि खेलकुद प्रतियोगिता अन्तर्गतका कुनै पनि खेल जुम्लामा हुने छैनन् । जसका कारण खेल संचालनको पूर्वाधार तथा सम्भावना भएर पनि जुम्लालाई उपेक्षा गरिएको छ । जुम्लामा खेल संचालन गर्न प्रदेशदेखी संघ कसैको नजर पुगेको छैन् ।  

जुम्लामा महिला पुरुष भलिबल, फुटबल, एथेलेटिक्सका खेलहरु, कराते, तेक्वान्दो, बास्केट बल लगायतका खेलहरु संचालन गर्ने पूर्वाधार तयारी अबस्थामा हुदाँ हुदै एउटा पनि खेल संचालन नहुने भएपछि जुम्लाका खेलप्रेमीले अपुष्टी पोखेका छन् । 

छिमेकी जिल्ला कालिकोटमा बुद्विचाल खेल हुदैँ छ ।  तर सम्भावना भएको जिल्ला जुम्लामा भने कुनै पनि खेल नहुनु दुर्भाग्य भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले बताए । जुम्लामा प्रदेश स्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको थियो । संघ र प्रदेशले राष्ट्यि खेल संचालनका लागि भने जुम्ला कमजोर देखेको प्रति आलोचना भईरहेको छ । 

प्रतियोगिताले कर्णालीको पर्यटन प्रर्बद्वनसंगै आर्थिक विकासमा उल्लेखीय भुमिका निर्वाह हुने छ, यसमा उत्साहित नै छौ’उनले भने,‘तर सम्भावना हुँदा हुदै पनि एउटा खेल जुम्लामा नखेलाईनु दुखद पक्ष हो । यसले साविक कर्णालीको सम्भावनालाई समेत उपेक्षा गरेको बुझिन्छ । यसमा यहाँका दलहरुको पनि सकरात्मक पहल देखिएन् ।’ 

जुम्ला विश्वकिर्तिमानी धावक हरि बहादुर रोकाया, पछिल्लो समय विभिन्न अन्तराष्ट्यि प्रतियोगिता जितेर नेपाल चिनाईरहेकी सुनमाया बुढा, राममाया बुढाको जिल्लाका रुपमा चिनिन्छ ।  खेल क्षेत्रको उर्वरभुमिका रहेको जुम्लामा एउटा पनि खेल संचालन नगर्ने संघ प्रदेशको निर्णय अन्याय पूर्ण रहेको प्रमुख न्यौपानेको भनाई छ । 

प्रतियोगिताका ३२ वटा विभिन्न विद्याका खेलमध्य अधिकांश खेल सुर्खेतमै हुने भएका छन् । १/२  वटा विद्याका खेलहरु जुम्लामा संचालन गर्न माग गरिएको थियो । तर सुनुवाई भएन् । यदपी केही खेलहरु मंसिर ८ गतेदेखी संचालन हुने तयारी भईसकेको छ । 

प्रतियोगिताबारे जानकारी दिन परिषद्ले बिहीबार पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै तयारीका विभिन्न पक्ष सार्वजनिक गरेको हो । 

राष्ट्रिय खेलकुद परिषद्को १२१औँ बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलकुद २०८३ मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ । समापन समारोह पनि मंसिर २७ गते सोही रंगशालामा आयोजना गरिनेछ । 

प्रतियोगिताका खेलहरू भने मंसिर ८ गतेदेखि नै सुरु हुने परिषद्ले जनाएको छ। प्रतियोगिताअन्तर्गत विभिन्न ३२ खेलका ३८४ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, निर्णायक तथा अन्य प्राविधिकसहित ठूलो संख्यामा जनशक्ति परिचालन हुनेछ। 

प्रतियोगिताका ३२ खेलहरू मध्य सुर्खेतमा २३, नेपालगञ्जमा २, बर्दियामा २, दैलेखमा १, कालिकोटमा १, सल्यानमा २ र पश्चिम रुकुममा १ गरी विभिन्न स्थानमा सञ्चालन गरिने भनिएको छ । तर जुम्लामा खेल हुनेबारे अहिले सम्म कुनै टुंगो छैन् । 

विभिन्न ३२ वटाका विधाका खेलमा हुने दशौ खेलकुद प्रतियोगिता केवल प्रतियोगितामा मात्र सिमित हुने छैन्।  खेलाडीहरु पदकको लडाईमा मात्र होमिने छैनन् । पहिलो पटक कर्णाली पुगेका खेलाडीहरु सुर्खेतको काँक्रेबिहार, बुलेबुले, हुदै मुगुको रारा ताल, जुम्लाको सिंजा उपत्यका चन्दननाथ मन्दिर तथा सल्यान कुपिण्डे दहको लगायतका पर्यटकीय गन्तव्यमा खेलाडी पुग्ने अपेक्षा गरिएको छ । 

चन्दननाथ नगरपालिका वडा नं. ५ स्थित राजसिममा निर्माधिन रंगशाला । तस्बिर: कर्णाली मिसन ।

खेलकुदको महाकुम्भको रुपमा हेरिएको राष्ट्यि खेलकुद प्रतियोगिताले खेलको प्रर्वद्वन, नयाँ खेलाडीको पहिचान संगै प्रतियोगिताले कर्णालीको सिंहो अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ ।  

अर्थतन्त्र चलायमान हुने अपेक्षा

खेलकुदसँगै पर्यटन, स्थानीय व्यापार र पूर्वाधार विकासका लागि समेत कर्णालीले ठूलो अवसर पाएको छ । आगामी १६ देखि २७ मंसिरसम्म हुने प्रतियोगितामा करिब ६ हजार पाँच सय खेलाडी सहभागी हुने अनुमान गरिएको छ ।  खेलकुदको चहलपहल बढेसंगै आर्थिक गतिविधि पनि उही रुपमा बढ्ने अपेक्षा गरिएको छ ।  

सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ गरी ११ टोलीका खेलाडीले ३२ खेलमा प्रतिस्पर्धा गर्नेछन् । परिषदका सदस्य सचिव रविन्द्र चन्द भन्छन,झकर्णाली प्रतियोगिताका लागि तयार छ । सबै समिति उपसमितिहरु आन्तरिक तयारीमा छन् । अधिकांश खेलहरु सुर्खेतमै हुने भएपनि प्रतियोगिताले सिंहो कर्णालीको पर्यटन प्रर्बद्वन तथा आर्थिक चलायमान गर्न समेत टेवा पुग्ने विश्वास गरिएको छ । विभिन्न विद्याका ३२ खेल मध्य अधिकांश खेल सुर्खेतमै संचालन गरिने भएको छ । 

राष्ट्रिय खेलकुदलाई सुर्खेतमा मात्र सीमित नराखी कर्णालीका अन्य जिल्लासम्म पु¥याउने तयारी गरिएको छ । दैलेखमा आईटीएफ तेक्वान्दो र बुद्धिचाल, सल्यानमा टेबलटेनिस, रुकुम पश्चिमको चौरजहारीमा खोखो तथा जुम्लामा आर्चरी सञ्चालन गर्ने प्रस्ताव गरिएपनि हालसम्म टुंगो लागेको छैन् । 

पौडी लगायत ५÷६ वटा खेल बाँकेमा संचालन हुने छ । यसरी प्रतियोगिता विभिन्न जिल्लामा फैलिँदा राष्ट्रियस्तरको खेलकुद संगै सबै क्षेत्रको अर्थतन्त्र चलायमान हुने आशा गरिएको छ । प्रतियोगिताका लागि खेलस्थल मर्मत तथा स्तरोन्नति, खेल सामग्री, आवास, यातायात, स्वास्थ्य र सुरक्षा व्यवस्थापनको काम समेत अन्तिम चरणमा  छ । 

प्रदेश सरकारले प्रदेश रङ्गशालाका लागि नौ करोड, खेल पूर्वाधारका लागि पाँच करोड र प्रतियोगिता सञ्चालनका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ । तर, प्रतियोगिताको सबैभन्दा ठूलो चुनौती पनि यही व्यवस्थापन हो । हजारौँ खेलाडी, प्रशिक्षक, व्यवस्थापक, निर्णायक र पदाधिकारीलाई विभिन्न जिल्लामा व्यवस्थापन गर्नु पर्ने तयारी छ । 

मूल आयोजक समितिले पनि प्रतियोगिता समयमै सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । यसपटक निजी क्षेत्रलाई समेत प्रतियोगितासँग जोड्ने तयारी छ । प्रायोजन, प्रचारप्रसार, व्यवस्थापन तथा आवश्यक सामग्रीमा निजी क्षेत्रसँग सहकार्य गर्ने योजना अघि सारिएको छ ।

कर्णाली प्रदेश उधोग बाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले हजारौँ मानिस कर्णालीमा पुग्ने भएकाले होटल, यातायात, खाद्य तथा अन्य सेवा व्यवसायमा समेत गतिविधि बढ्ने बताए।प्रतियोगितालाई कर्णालीका पर्यटकीय गन्तव्यसँग जोड्न सके रारा, फोक्सुण्डो, सिंजा, पञ्चकोशी र काँक्रेविहारजस्ता क्षेत्रको प्रचारमा समेत सहयोग पुग्ने उनको भनाई छ । 

‘लामो समयको प्रतिक्षापछि पटक पटक मिति सर्दै गएको राष्ट्यि खेलकुद कर्णालीमा हुने अन्तिम तयारी भएपछि हामी उत्साहित छौ’उनले भने,‘कर्णालीको नीजि क्षेत्र पनि राष्ट्यि खेलकुद सफल बनाउने पक्षमा छ  । आयोजना सफल बनाउन नीजि क्षेत्र सम्पुर्ण सहयोग गर्न तयार छ । दशौ राष्टिय खेलकुद अर्थतन्त्रसंग जोडिएकाले पनि नीजि क्षेत्र उत्साहित भएको छ ।’

प्रकाशित मिति : २०८३ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस