बिनाबिवादित सिंजा गाउँपालिकाको केन्द्र र जग्गाको टुंगो

पत्रकार सम्मेलनमा बोल्दै जग्गादाताहरु । तस्विर ः सागर परीयार, कर्णाली पोष्ट

नन्दराम जैसी
जुम्ला । आठवटा स्थानिय तह रहेको जिल्लाका अन्य स्थानिय तहले केन्द्र र जग्गाको टुंगो लगाउन नसेकको बेला सिंजा गाँउपालिकाले भने सजिलै दुबै बिषयको एकैसाथ टुंगो लगाएको छ । राजनितिक खिचातानि र स्थानियको विरोधका कारण जिल्लाका स्थानिय तहले अँझै केन्द्रको टुंगो लगाउन सकेका छैनन् । तर सिँजा गाँउपालिकाले वडा नं तिन स्थीत नराकोट बजारमा पालिकाको केन्द्र राख्ने र केन्द्रको भौतिक संरचना निर्माणका लागि आवाश्यक पर्ने जग्गाको पनि सजिलै टुंगो लगाईसकेको छ । सर्बपक्षिय छलफलको माध्ययमबाट एकैसाथ दुबै बिषयको टुंगो लगाएर सिंजा गाँउपालिका यस सन्दर्भमा जिल्लाकै नमुना गाँउपालिकाको रुपमा स्थापित भएको हो ।

बिवादरहित बातावरणमा पालिकाको केन्द्र तोकिएपछि भवन निर्माणका लागि आवाश्यक जग्गा दिनेको अहिले लर्को लागेको छ । पालिकालाई चार हजार बढि बर्गमिटर जग्गा आवाश्यक भएपनि अहिलेसम्म स्थानियले झण्डै तिन हजार बर्गमिटर जग्गा निशुल्क दान गरीसकेका छन् । भने बाँकि जग्गा पनि निशुल्क उपलब्ध हुने पालिकाले आशा लिएको छ । जग्गा धनिहरुले आफै मालपोत कार्यालयमा पुुगेर गाउँपालिका नाममा जग्गा पास गरिदिएका हुन् । जग्गादाताहरुको नाम शिलालेखमा राखिने प्रशासकिय अधिकृत टोपबहादुर बुढाले बताए ।
नराकोट बजारको क्षितिज ज्युलामा रहेको खेतियोग्य जमिन स्थानियले पालिकालाई उपलव्ध गराएका छन् । सरकारी दररेट अनुसार त्यहाँको जग्गा प्रति बर्ग मिटर तिन हजार रुपैँया भएपनि स्थानियले निशुल्क दान गरेका हुन् । हालसम्म जग्गा दान गर्ने १० जनामध्य करबहादुर रानाले आफ्नो नाममा भएको एक कित्ता खेतियोग्य जमिन पनि पालिकालाई नामसारी गरीदिएका छन् । ‘मेरो अन्त कतै खेतियोग्य जमिन छैन, भएको एक कित्ता पनि पालिकालाई दिईसकेँ’ उनले भने, ‘जग्गाको सहि सदुपयोग गरी चाँडै पालिकाले आफ्नै भवन बनाओस्, मलाई मेरो जग्गामा बनेको भवनबाट पालिकाले गुणस्तरीय सेवा दिएको हेर्न र सेवा लिन मन छ ।’ उनिजस्तै सबै जग्गा धनिहरुको एउटै भनाई छ, ‘आफुले दिएको जग्गामा बन्ने आर्कषक भवनले छिट्टै गुणस्तरीय तथा प्रभावकारी सेवा देओस् ।’

सिंह दरबारकरो अधिकार गाँउ गाँउमा आएको महशुस हुने गरी राज्यका सबै सेवा सुविधा आफ्नै गाँउ ठाँउबाट पाउने अपेक्षाका साथ जग्गा दान गर्न स्थानीयबासी सहमत हुन् । सिंजा तिन की असौजी रानाले ३ सय ९५ बर्ग मिटर जग्गा उपलव्ध गराएर संघियतालाई सहयोग गरेको वताईन् । उनले भनिन, ‘पहिलो पटक गाउँमा अधिकार आएको छ,, यो अधिकारलाई लामो समय सम्म टिकाईराख्न जग्गा दिएकोमा कुनै पछुतो छैन ।’ अर्का जग्गा दाता सिंजा तिनकै राम वहादुर रानाले सरकारको कामलाई प्रभावकारी र व्यवस्थित बनाउन आफुले दिएको जग्गामा छिट्टै भौतिक संरचना निर्माणको अपेक्षा गरे । कुनै व्यक्ति र स्थानीय तहको दबाबले नभई स्वईच्छाले जग्गा दिएको उनले बताए । सुरतवहादुर रावतले भने, ‘जनआन्दोलनवाट प्राप्त उपलव्धीलाई गुम्न नदिन होईन, पालिकाको प्रभावकारी कार्यसम्पदानको अपेक्षा राखेर जग्गा दिएका हौ ।’

सिजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले स्थानीयले गाउँपालिकालाई जग्गा उपलव्ध गराएर ठुलो गुन लगाएको वताए । ‘पहिले नै गाउँपालिका केन्द्रको टुंगो लागिसकेको थियो, अहिले जग्गाको टुंगो लागेपछि अब भवन निर्माण कार्य सुरु हुनेछ’ उनले भने, ‘छिट्टै भवनको नक्सा मन्त्रालयवाट आउँछ, ४ देखि ५ करोड रुपैयाको लागतमा सुविधा सम्पन्न भौतिक संरचना निर्माण हुन्छ ।’ आफ्नो कार्यकाल नबित्दै सवै संरचना वनाएर सेवा शुभारम्भ गरेरै छोड्ने उनको भनाई छ । स्थानियले खुुसिका साथ पालिकालाई जग्गा दिएपछि जग्गा खरीदका लागि खर्च हुने दुई करोड बढि रकम बचत हुने भएको छ ।

प्रकाशित मिति : २०७५ साउन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस