उनले नेता नेपाललाई देउवाकै कार्यकर्ता हुनसक्ने भन्दै नेपाल प्रचण्डको एउटा मामुली कार्यकर्ता भएको समेत बताए । ‘मैले माधव नेपाललाई प्रमको प्रस्ताव गरे रे, के मलाई बौलाहा कुकुरले टोकेको छ र ? आफ्नो महत्व आफै बढाउन खोजेको हो । एक ढंगले भन्ने हो भने यी प्रचण्डका पुच्छर हुन्’, ओलीको भनाई छ । उनले काँग्रेस के कारण आन्दोलनमा उत्रिएको भन्दै प्रश्न समेत गरे ।
त्यस्तै उनले नाथुराम गोड्सेको खोजी गर्ने काँग्रेसले प्रचण्ड पथ अँगालेको आरोप पनि लगाए । ‘प्रचण्डपथ यति व्याप्त भैसक्यो त्यसलाई काँग्रेसले अंगालेपछि । कोर्टमा पनि चर्चा भयो । आश्चर्य लाग्छ । सर्वोच्च अदालतले हिंसालाई दुरुत्साहन गर्ने काम गर्दा रोक्ने काम गरेन । न्यायमुर्तीहरुले त्यो सुझाव पनि राख्न सक्नुहुन्न र ?’, ओलीले प्रश्न गरे । उनले राजनीतिलाई संसदबाट निरुपण गर्न नसक्नेहरु अदालतमा प्रधानमन्त्री बनाइ माग्न गर्नेहरुले अग्रगमनको कुरा गर्नु गलत अभ्यास हुन थालेको बताए ।



