शुभाकर विश्वकर्मा,
मुगु ः प्रदेश सरकारमा मुगुको प्रतिनिधित्व शुन्य देखिएको छ । प्रदेश नम्बर ६ को प्रदेशमा प्रतिनिधित्व बाहेक अन्य जिम्मेवारी नपाएको भन्दै मुगाली जनता आका्रेशित भएका छन् । सासंदको हैसियतमा सहभागिता जनाउने बाहेक अन्य प्रभावकारी जिम्मेवारी नपाएको भन्दै मुगाली जनताले आक्रोस व्यक्त गरेका हुन् । आईतबार मन्त्री विस्तार पछि प्रदेश सरकारमा कर्णालीका अन्य सबै जिल्ला समेएि पनि मुगुको प्रतिनिधित्व शुन्य देखिएको छ । खास गरि मुगुका युवाले सामाजिक संजालमा संघियताले पनि आफ्ना आशामा निरासा थपेको भन्दै दुख व्यक्त गरेका छन् ।
प्रदेश नम्बर ६ मा मुगुबाट खास गरि एमाले बाट प्रतिनिधित्व भएकोले प्रदेश नम्बर ६ को एमाले नेतृत्व माथि आक्रँेस बढि देखिन्छ । युवा राज कुमार भामले प्रदेश सरकारमा मुगुको प्रतिनिधित्व नहुदा हिजोको जस्तो निहित शासित प्रवृति देखिएको बताए । समाजिक संजाल फेसबुकमा रतन बुढाले संघर्ष र दबाब आवश्यक रहेकोमा जोड दिएका छन् ।
समाजिक संजाल फेसबुक मार्फत युवा पुष्पराज भाम असिमित आशा र अपेक्षा सहित नेता चुनेर पठाएका गरिव जनताको माग सम्बोधन नभएको महशुस आफुले गरेको लेखेका छन् । उनले बिकास र समृद्धि को यात्रा मा पनि माननीयहरु मुकदर्शक मात्रै बन्न नहुने तर्क गर्छन् । यस्तै पदम कार्कीले देश संघियतामा गएपनि पहिले कै केन्द्रीकृत मनोवल हावि देखिएको बताए । यस अघि सभामुखमा दावि गरेका मुगुबाट सासंद बनेका चन्द्र बहादुर शाहि अन्तिम समयमा आएर चिप्लिएका थिए । तर मन्त्री परिषदमा मुगुको प्रतिनिधित्व हुने आशा गरिएको थियो ।