
जुम्ला ः यसैत कर्णाली एक पिछडिएको क्षेत्र । केन्द्रले जहिलेपनि कर्णालीलाई रोक भोक र अशिक्षाको संज्ञा दिने गरेको छ ।
“स्वास्थ्य नै सवै भन्दा ठुलो धन हो” भन्ने मान्यताका साथ जुम्लाको तातोपानी गाँउपालिका ३ को लछिकृत आमा समुहका २५ जना सदस्य गर्भवती महिलाहरुलाई धुवाँ रहित चुलो वितरण गरिएको हो । जिल्लामा सञ्चालन भएको कृषि तथा खाद्य सुरक्षा साना अनुदान कार्यक्रमले गर्भवती महिला र कुपोषित बालबालिकाको स्वास्थ्यलाई मध्ये नजर गरेर धुवाँ रहित चुलो, पानी फिल्टर गर्नको लागि फिल्टर, तातो पानी पिउनको लागि क्टिली र डरम वितरण गरेको छ ।
महिला दिदी वैहिनीलाई सरसफाई सम्वन्धी र कसरी स्वास्थ्य रहन सकिन्छ भने विषयमा छलफल प्रत्येक महिलाको आठ गते छलफल गर्ने गरेको लछिकृत आमा समुहकी अध्यक्ष विमला रावतले बताईन । पहिले आमाहरु अशिक्षित भएकै कारणले आमा र बालबालिकाहरुमा पनि स्वास्थ्य सम्वन्धि असर देखा पर्नुका साथै कतिको त अकालमै ज्यान गुमाउनु पथ्र्याे तर आज भोली गाँउमा आमा समुह गठन गरे देखि सधै आफ्नो देखि परिवार सवैको सरसफाई गर्ने देखि कसरी स्वास्थ रहने सकिन्छ भनेर उपायहरु पनि खोज्ने गरेको अध्यक्ष विमला रावतले बताईन । आज पाएको धुवाँ रहित आद्युनिक हिटर चुलोले आमाहरुको स्वास्थ्यमा सुधार ल्याउने आशा पनि अध्यक्ष रावतले व्यक्त गरिनन् ।
सदियौ राज्यको उत्पीडन सहन बाध्य कर्णालीमा अव भने आमुल परिवर्तन हुने सम्भावना देखिन्छ । कर्णाली बासीमा आएको जनचेतना र शिक्षाको कारणले उनीहरु स्वस्थ रहने उपयाको खोजी गर्दै छन् । जुम्लामा निकै प्रचलित उखान “जिउ छ त जिउलो छ” यो उखानले आफ्नो जिउ स्वास्थ भएमा धन, शिक्षा, र मन चाहेको कुरा कमाउन सकिन्छ भने हो । देश विकास र संवृद्धि स्वास्थ नागरिक बाट नै सम्भव भएकोले पहिले स्वास्थ हुन जरुरी भएको जिल्ला संमन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले बताए ।
राज्यले हेर्ने कर्णाली सधैै रोग, भोक, गरिवी र अशिक्षाले जरा गाडेको होईन, अव कर्णाली बासी स्वस्थ भएर कर्णालीलाई परिवर्तन गरी केन्द्रलाई चुनौती दिनको लागि पनि स्वस्थ हुनु पर्छ । कृषि तथा खाद्य सुरक्षा अन्तरगतको साना अनुदान कार्यक्रमले वितरण गरेको धुवाँ रहित आद्युनिक हिटर चुलोलाई प्रयोग गरि धुवाँ बाट बच्नको लागि लाई आग्रह पनि सार्कीले गरे ।
जुम्लामा इन्धनको मुख्य स्रोत दाउरा नैै भएकोले दाउरा बाल्दा धुवाँ धेरै निस्कने र प्राय जुम्लाका आमाहरुले खाना बनाउने भएकोले धुवाँले आमाहरुको स्वास्थ्यलाई असर नहोस् भनेर कृषि तथा खाद्य सुरक्षा साना अनुदान कार्याक्रमले चुलो सहित चार आइटम आमा समुहका २५ जना सदस्यालाई वितरण गरेको हो । उक्त आमा समुहको २० प्रतिशत रकम र वाँकी ८० प्रतिशत रकम कृषि, पशु र स्वास्थ्य कार्यालयको संयुक्त कार्यक्रम साना अनुदानको गरेर तीन लाख साठ्ठी हजार रुपैयाको सामाग्री वितरण गरिएका हो । जिल्लामा ७७ वटा आमा समुहमा काम गर्दै आएको यस कुषि तथा खाद्य सुरक्षा कार्यक्रमले सवै समुहलाई टेवा पुग्ने उद्देश्यले सवै समुहमा काम गर्दैको छ
कृषि तथा खाद्य सुरक्षा अन्र्तगत साना अनुदान कार्यक्रमले स्थानिय बासीलाई आफ्नै स्थानिय स्तरमा उत्पादन हुने अन्न र बालीहरुलाई संरक्षण गर्नको लागि स्थानियहरुलाई सल्लाह समेत दिने गरेको साना अनुदानको कार्यक्रमलाई हेर्ने पशु प्राविधिक पदम केसीले भने । गाँउमा किसकलाई राखेर किसक पाठशाला बनाएर कसरी व्यवसायिक रुपले पशु पालन र कृषि क्षेत्रमा आत्मर्निभर बन्न सकिन्छ, भनेर किसानहरुलाई तालिम दिने गरेको केसीले बताए ।
जिल्लाका अधिकांश महिलाहरुमा छाती तथा दम रोग समस्या भएको जिल्ला जन स्वास्थ्य कार्यालय जुम्लाले जानकारी दिएको छ । दम रोगका विरामी बढ्नुको कारण जुम्लाको इन्धनको मुख्य श्रोत दाउरा भएको र दाउरा बाल्दा धेरै मात्रमा धुवाँ निस्कने भएकोले स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने समेत जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले बताएको छ । पुरानो ओदाने चुलोमा खाना पकाउदा धुवाँले स्वास्थ्यमा असर पर्ने गरेको छ । क्याफ्सन ः लछिकृत आमा समुहमा गर्भवती महिलालाई धुवाँ रहित चुलो वितरण गर्दै, तस्विर अविरल ढकाल त्रिरत्न मिडिया