कालिकोटका बैंकहरूले पनि ल्याए एटिएम सेवा

कालिकोट । जिल्लामा रहेका तीनवटै बाणिज्य बैंकहरूले एटिएम सेवा सञ्चालनमा ल्याएका छन्। एनआइसी एसिया, ग्लोबल आइएमई, सानिमा बैंकका शाखाहरूले एटिएम सेवा सञ्चालनमा ल्याएका हुन्।

कालिकोट जिल्लामा ६ वटा बाणिज्य बैंक शाखा स्थापना भए पनि तीनवटा बैंकहरूले मात्र एटिएम सेवा सुरु गरेका हुन्। बैंकको एटिएम सेवा सञ्चालनमा आएपछि ग्राहकलाई कारोबार गर्न सहज हुने एनआइसी एसिया बैंक कालिकोट शाखाका प्रबन्धक उजिर भण्डारीले बताए। ‘एटिएम सेवा सञ्चालनमा आएपछि ग्राहकहरूलाई सजिलो हुने छ।’ उनले भने, ‘सेवाग्राहीको इच्छा र चाहनालाई ध्यानमा राखेर एटिएम सेवा सञ्चालनमा ल्याएका हौं।

एटिएम सेवा सञ्चालनमा आएपछि ग्राहकहरूलाई सजिलो भएको स्थानीय रामबहादुर शाहीले बताए। ‘विगतमा जिल्लामा एउटा मात्र बाणिज्य बैंक रहेको थियो।’ उनले भने,‘जिल्लामा अहिले बाणिज्य बैंकहरू थपिँदै गएका छन्। सेवा सुविधा पनि बृद्धि हुँदै गएको छ।’

प्रकाशित मिति : २०७४ फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस