निजामतिको कर्णाली प्रदेशको अध्यक्षमा जुम्लाका गिरी निर्वाचित

जुम्ला ः नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको कर्णाली प्रदेश अध्यक्षमा देवेश्वर गिरी सर्वसम्मत निर्वाचित हुनु भएको छ । कर्णाली प्रदेश अन्तरगत १० जिल्लाका निजामति कर्मचारीहरुको विरेन्द्रनगर सुर्खेतमा भएको प्रदेशस्तरीय प्रथम भेलाबाट गिरीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति गठन गरिएको हो ।

कर्णाली प्रदेश स्तरीय समितिको उपाध्यक्षमा द्धोय मुनबहादुर रावल र केशरकुमार चपाई, सचिवमा धनबहादुर महत, सहसचिवमा मानबहादुर बुढा, कोषाध्यक्षमा गणेश विक र सहकोषाध्यक्षमा ललित बोगटी निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष गिरीले बताए ।
त्यसैगरी कर्णाली प्रदेशस्तरको तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । समितिको संयोजकमा शरणकुमार बडुवाल, सदस्यहरु महाकृष्ण पाण्डे र यामबहादुर बिसीलाई चयन गरिएको नव गठित प्रदेश समितिले जनाएको छ । आइतबार सम्पन्न प्रथम भेलामा संगठनका दुई सय २३ जना निजामति कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७४ चैत्र १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस