
जुम्ला ः कर्णालीमा नै पहिलो पटक आयोजित प्रादेशिक औद्योगिक व्यापार महोत्सव अबधिभर फ्रि वाईफाईको व्यवस्था गरिएको छ । महोत्सवमा हुने विभिन्न गतिविधिहरुलाई सामाजिक संजालहरुबाट देश विदेशमा प्रचारप्रसार गर्न तथा फोटो, भिडियो अपडेट गर्न सहजताका लागि फ्रि वाईफाईको व्यवस्था गरिएको हो ।
महोत्सव मुल आयोजक र सिम्पल ईन्टेलिजेन्ट सिस्टम एण्ड टेक्नोलोजी प्राईभेट लिमिटेट संगको समन्वयमा महोत्सव अबधिभर सिम्पलकोृ फ्रि वाईफाई सेवा संचालन गरिने उद्योग बाणिज्य संघका अध्यक्ष रामदत्त रावलले बताए । उनले भने, महोत्सव हेर्न आउनेहरुको लागि समय अनुसारको माग पुर्तिका लागि फि वाईफाईको व्यवस्था गरिएको हो ।
महोसत्सव स्थलबाटै त्यहाँका गतिविधि सामाजिक संजाल फेशबुकमा लाईभ गर्न, फोटो तथा भिडियो अपलोड गर्न, समचारहरु सम्प्रेषण गर्न लगायतका कामका लागि निकै सहज हुने आयोजनकले जनाएको छ । महोत्सव स्थलमा प्रबेश गर्ना वित्तिकै सबैको मोबाईलमा अटो वाईफाई कन्यानेक्ट हुने व्यवस्था गरिएको सिम्पल ईन्टेलिजेन्ट सिस्टम एण्ड टेक्नोजी प्राईभेट लिमिटेटका प्रमुख हर्ष शाहीले बताए ।
जिल्ला भरी संचालन अबस्थामा रहेको सिम्पलको ईन्टरनेटले कर्णालीकै पहिलो पटक जुम्लामा भएको प्रादेशिक महोत्सवका गतिविधि देश विदेशमा पुराउन निशुल्क ईन्टरनेट चलाउने व्यवस्था गरेको शाहीको भनाई छ । वाईफाई जडानको काम पनि सकिएको छ । उनले भने, महोत्सव उद्घाटन संगै ईन्टरनेट पनि सुचारु हुने जानकारी दिए ।
महोत्सवको तयारी अन्तिम चरणमा
बैशाख १३ गते देखि शुरु हुन लागिरहेको कर्णालीकै पहिलो प्रादेशिक उद्योगिक व्यापार महोत्सवको तयारी लगभग अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य संघ जुम्लाका कार्यालय प्रमुख पारस उपाध्यायले बताए ।
उनले भने, स्टेज व्यवस्थापन, महोत्सव स्थल घेराबार, फिल्ड सरसफाई तथा निमन्त्रणा बाडफाट लगायतका कामहरु अन्तिम चरणमा पुगेको छ । व्यापारिक स्थलहरु निमार्ण भईसकेको उपाध्यायले उल्लेख गरे ।
महोत्सवमा झण्डै सय बढि स्टलहरु राखिने छन् । भने, १२ गते साँझ सम्म सबै व्यवस्थापन सकिने र पत्रकार सम्मेलनहरु माफर्त महोत्सवको तयारी बारे जानकारी गराउने उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रावलले बताए ।
महोत्सवलाई शान्त तथा सौहार्द रुपमा सम्पन्न गर्नका लागि प्रहरी प्रशासन देखि विभिन्न उद्योगी, व्यापारी, लगायत अन्य सरोकारवालाहरु संग छलफल तथा परामर्श कार्यलाई पनि निकै तिब्र पारिएको अध्यक्ष रावलको भनाई छ ।
सुरुको दिन निशुल्क प्रबेश ः
बैशाख १३ गते मुख्य मन्त्री महेन्द्रबहादुर शाहीद्धारा उद्घाटन हुने कर्णालीकै पहिलो प्रादेशकि औद्योगिक व्यापार महोत्सवको पहिलो दिन प्रबेश निकुल्क हुने छ । उद्घाटनका दिन हुने विभिन्न प्रस्तुतिहरु सबैले निशुल्क हेर्ने पाउने छन् ।
भने, १४ गते बाट मात्रै टिक काटिने छ । टिकक पनि निर्कै सस्तोमा दिईने छ । सबैलाई १ सय रुपैया माज्ञ टिकट लाग्ने छ । भने, महोत्सवका नेपालका ख्याती प्राप्त आधुनिक लोग गायक तथा हास्य कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । कर्णाली अहिले सम्म नआएका कलाकारहरु आउने छन् ।
जुम्लाका स्थानिय कलाकारहरुको एकल गायन तथा देउडा नृत्य पनि प्रस्तुत हुने छन् । भने, देउडा, तथा नृत्यमा प्रथम द्धितिय तथा तृतिय हुनेलाई क्रमशः २५, १५ र १० हजार नगद पुरस्कार दिईने छ ।
भने नृत्यका लागि ५ सय र देउडाका लागि १ हजार दर्ता शुल्क लाग्ने छ । झण्डै १० दिन सम्म चल्ने औद्योगिक मेलाको १ करोड बराबरको खर्च लाग्ने अनुमान गरिएको छ । यस महोत्सवले जुम्लाको आर्थिक समृद्धीमा टेवा पुराउने विश्वास गरिएको छ ।