निमाण सम्पन्न भवन बिद्यालय लाई हस्तान्तरण नभएपछि पढाईमा समस्या

नन्द बहादुर रोकाया

मुगु ।  छाँयानाथ रारा नगरपालिका १४ वडामा रहेको श्री हिमदोय निमाबि लाई एक गैर सरकारी संस्थाले निर्माण गरिदिएको भवन छ बर्ष सम्म पनी हस्तान्तरण नगरिदिदा बिद्यार्थीको पढाईमा समस्या भएको छ । असल छिमेकि ईन्टरनेशनले आर्थिक सहयोगमा असल छिमेकि नेपाल नामक गैर सरकारी संस्थाले श्री हिमदोय निमाबिका लागी ०६९ बाट निर्माण गरिएको दुई तले १६ कोठे भवन निर्माण सम्पन्न गरी छ बर्ष सम्म भवन हस्तान्तरण नगर्दा बिद्यार्थीहरुको पढाईमा समस्या पुगेको हो ।

कुल १ करोड ८४ लाखमा निमार्ण कार्य सम्पन्न भई सक्दा पनि निमार्ण कार्य जिम्मा लिएका यि दुबै गैर सरकारी संस्था बिच आपसि बिबादका कारण दुई संस्थाले सम्झौता तोडिएकै कारणले भवन अलपत्र परेको स्थानिय बासिको भनाई रहेको छ । भवन निर्माण सम्पन भइसकेको थियो संस्थाले बिद्यालय लाई हस्तान्तरण नगरेपछी बेबारिसे भयो ०७२ बैषाख १२ गते को हावाहुरीले भवनको पुरै टिनको छाना उडाएर लग्यो छाना उडाएपछी अहिले भवन जिर्ण बन्दै गएको छ ।

कुनै निकाय संग सहयोग मागेर छाना हालेर प्रयोगमा ल्याउन प्रयास गरेका भएपनि हस्तान्तरण नगरेको भवन फेरी कानुनी समस्या हुने डरले अरु निकायले पनि सहयोग दिन नमानेकाले बिद्यार्थीहरुको पढाईमा बाधा पुगेको हिमदोय निमाबिका प्रअ हंस बहादुर बढुवालले बताउनुभयो । २ सय ७० जना बिद्यार्थी लाई चार कोठामा बहु कक्षा सञ्चालन गरी पठनपाठन गरीदै आएका छौ ।

भवन दिन प्रति दिन जिर्ण बन्दै जान थालेपछी नयाँ टिन हालेर भवन प्रयोगमा ल्याउन प्रयास बिद्यालयले गरेका भएपनीसहयोगि दाताहरु अर्कैले निर्माण गरेका भवनमा लगानी गर्दा बिभिन्न समस्या आउने भन्दै सहयोग गर्न न मान्ने गरेको उहाँको भनाई छ । कक्षा कोठा अभावका कारण सबै कक्षाका बिद्यार्थी चकर्लो घाम र चिसोमा समेत खुल्ला चौरमा पढ्न बाध्य भएको र पुरानो भवनका चार कोठा मात्र छन सबै बिद्यार्थी लाई नपुग्ने भएकाले पानी पर्दा पढाई छोडेर घर आउनु पर्छ कक्षा ६ मा अध्यनरत बिद्यार्थी दिपक बुढा गुनासो पोखे ।

प्रकाशित मिति : २०७५ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस