बर्दिया जिल्लाका स्थानीय तहसँग सूचना माग

बर्दिया ÷बर्दिया जिल्लाको स्थानीय तहसँग बढैयाताल गाउँपालिका वडा नं. १, शान्तिपुुरका सोम बहादुुर गुुरुङ र वडा नं.२ जमुुनीका बिजय वलीले संयुुक्त रुपमा नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ अनुुसार स्थानीय तहसँग विविध विषयमा सूचनामाग गरेका छन् ।

बढैयाताल गाउँपालिकामा पहिलो पटक लिखित रुपमा सूचना माग गरिएको र लिखित रुपमा नै सूचना उपलब्ध गराईएको बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दीपा कुुमारी गौतमले बताइन् । बर्दिया जिल्लाको गुुलरिया नगरपालिका, बढैयाताल गाउँपालिका, बाँसगढी नगरपालिका, गेरुवा गाउँपालिका, बारबर्दिया नगरपालिका, ठाकुुरवावा नगरपालिका, मधुुवन नगरपालिका र राजापुुर नगरपालिकासँग सुचना माग गरिएको छ ।

सूचना र मानवअधिकार अनुुसन्धान केन्द्रले हाल एपएचआई ३६० को सहकार्यमा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना सन्चालन भएपछि बाँके र बर्दिया जिल्लामा सूचनाको हक र सुुशासनको लागि सक्रियभएर काम गरिरहेको छ । मागिएको सूचनामा सम्बन्धित नगरपालिका र गाउँपालिकामा सुचना अधिकारी को हुनुु हुुन्छ? निजको नाम र साइन बोर्डको फोटो, सो पालिकाको नागरिक वडापत्र राखिएको छ कि छैन ?राखिएको भए फोटो सहित फोटोकपी र साथै सो पालिकाले सुचना अध्यावधिक गरी प्रकाशन गर्ने गरेको छ वा छैन? पालिकाको प्रथम सभाको पुर्ण निर्णय समेतको प्रतिलिपीको सूचना माग गरिएको छ ।

सूचना माग गरेको ४ दिनभित्रै बढैयाताल गाउँपालिका कार्यालयका सूचना अधिकारी रमेश पौडेलले लिखित पत्रमार्फत आफनो गाउँपालिका कार्यालयमा सूचना अधिकारी तोकिएको, नागरिक वडापत्र बन्ने क्रम रहेको र तुरुन्त राखिने ब्यवस्था मिलाईने र कार्यालयको सूचना अध्यावधिक नगरिएको तर श्रावण महिना देखि त्रैमासिक रुपमा सक्रिय स्वतःप्रकाशन गर्ने लिखित जानकारी समेत गराएको छ । साथै गाउँपालिकाले प्रथम सभाको पूर्ण निर्णय समेतको प्रतिलिपी उपलब्ध गराएको छ । सूचना आमनागरिकले प्राप्त गर्ने अधिकार संविधानले दिएकोले सचेत नागरिकले समयमा सूचना माग्ने गरे पछि स्थानीय तहहरु प्नि अलि जिम्मेवार, उत्तरदायी र जवाफदेही हुुने बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुुर श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७५ बैशाख २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस