जुम्ला ः गुठीचौर गाउँपालिकामा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसलाई विकासे काम पारदर्शी र जनताको हितमा गर्नको लागि खवरदारी गरेको छ । गुठीचौर गाउँपालिका जनताले स्थानीय सरकार प्राप्त गरेको झण्डै एक वर्ष वित्न लाग्दा समेत जनप्रतिनिधिले जनतालाई सुशासनको अनुभुति दिलाउनको लागि खासै चासो नदेखाएको भन्दै जनपक्षिय कामको लागि ध्यानाकर्षण गराएको हो । नेपाली काग्रेस गुठिचौर गाउँपालिकाका संयोजक दानबहादुर बुढाको अगुवाईमा १५ बुदे माग सहित खवरदारी गरिएको हो ।
दानसाघु देखि डोल्पाको सिमाना सम्मको मौजुदा सडकलाई चार लेनको बनाउनु पर्ने, सडक आसपासका आवास गृहलाई हटाउनु पर्ने, विकास निर्माणका क्रियाकलाप सञ्चालन गर्दा पार्टीगत उपभोक्ता समितिहरुको निर्माण गरि राजनीतिक क्षेत्रको माध्यमवाट गरिने संस्थागत भ्रष्टचार जन्य क्रियाकलाप यथासिघ्र अन्त्य हुनु पर्ने माग गरेको छ । हरेक सामुदायिक विद्यालयमा आवश्यक स्रोत र साधनको वन्दोवस्त गरी आधुनिक पुस्तकालय, प्रयोगशाला र अग्रेजी माध्यमवाट पठनपाठन गर्ने परिपार्टी तत्काल गर्नु पर्ने,स्वास्थ्य जीवन नै सुखी र खुसी जीवन हो भन्ने यथार्थलाई चरितार्थ गर्नका लागि गाउँपालिकाका हरेक वस्तीहरुमा अनिवार्य एक घर, एक धारा र एक चर्पिको अवधारणालाई तत्काल कार्यन्वयन गर्नु पर्ने माग नेपाली काग्रेस गुठिचौर गाउँपालिकाले गरेको छ ।
गुठीचौर गाउँपालिकालाई सक्षम, आत्मनिर्भर, समृद्ध वनाउनको लागि पहल गर्नु पर्ने, वातावरणीय असन्तुलनलाई नियन्त्रण गरी पर्यावरणीय अनुकुलता कायम गर्नको लागि प्राकृतिक स्रोत साधनहरुको दिगो, भरपर्दो, र विवेक पुर्ण उपयोगितामा स्थानीय सरकारले वस्तुगत योजना बनाउनु पर्ने, पर्यटन उद्योगलाई रोजगार मुलक उद्योगको रुपमा विकास गर्नका लागि गुठीचौर गाउँपालिकामा पर्यटन उद्योगको सम्भाव्यता अध्यायन गरि पर्यटन व्यवसायको प्रवद्र्धन गर्नुपर्ने र वैज्ञानिक विधि र प्रक्रियावाट स्थानीय स्तरको विकास क्रियाकलापलाई अगाडी बढाउनको लागि स्थानीय सरकारले उपलव्ध सुचना प्रर्णालीलाई वस्तुगत, बैज्ञानिक र कार्यत्मक वनाउनु पर्ने माग गरिएको हो ।
संयोजक दानबहादुर बुढाले स्थानीय शासन, प्रशासन र विकासलाई जनमैत्री, जिम्मेवारी र जवाफदेहि वनाउनको लागि सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र समयानुकुल परिमार्जन गरिनु पर्ने, गाउँपालिकाको सरकार पुर्णतया जनताको आवाज, छनौट र अधिकारमा केन्द्रित हुनुपर्ने, राजनीतिको अपराधिकरण, अपराधको राजनीतिकरणको माध्यमवाट सम्पुर्ण जनताको अवसर विकास र पहुचमा निकृष्ट राजनीतिकरण गरि फरक विचार र दृष्टिकोण राख्नेलाई अवसर पहुचवाट वञ्चित गराउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने माग राखिएको वताए ।
जनताको कर र तिरोवाट प्राप्त पैसा खर्च गरेर गरिएको भारतको सिक्कम भ्रमणवाट भएको उपलव्धी जनतालाई स्पष्ट रुपमा वताउँनु पर्ने, विकास निर्माणका कार्यलाई आफुखुसी भन्दा पनि निश्चित विधि र प्रक्रिया अवलम्वन गरेर अघि वढाउनु पर्ने, गाउँपालिकामा भए गरेका कामको सुचना उपभोक्तालाई उपलव्ध गराउनु पर्ने माग गरिएको हो ।
ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष हरीवहादुर भण्डारीले स्थानीय आवश्यकता र मागका आधारमा विकास निर्माणका काम भईरहेको वताए । उनले भने, विकासका काममा कसैलाई काखा र कसैलाई पाखा गरेका छैनौ, उपभोक्तावाट गुणस्तरिय काम लिने र गाउँपालिकाले पैसा दिने कार्यलाई अघि वढाईरहेकोमा जोड दिए । सदैव सकारात्मक सुझावको अपेक्षा गरेको उनको भनाई छ ।