
जुम्ला ः जिल्लामा प्रारम्भिक कक्षा पढाई शिक्षक तालिम शनिबार देखि सुरु भएको छ । शिक्षक शिकाईलाई कार्यन्वयनमा ल्याउने उद्देश्यले कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र(किर्डाक नेपाल) जुम्लाको आयोजना तथा वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग उक्त पाँच दिने तालिम सुरु भएको हो ।
किर्डाक नेपालका उपाध्यक्ष भैरवबहादुर महतले गुणस्तरीय शिक्षाका निम्ति किर्डाकले शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको बताए । उनले भने सहभागी शिक्षकहरुलाई तालिममा सिकेका सिपहरु कार्यन्वयनमा ल्याउन आवश्यक रहेको छ । त्यसैगरी तालिमको उद्घाटन सत्रमा बोल्दै शिक्षा विकास समन्वय इकाई जुम्लाका शाखा अधिकृत महेश देवकोटाले जुम्लका शतप्रतिशत शिक्षकले शिक्षण सिकाई तालिम लिईसकेका छन् तर कार्यन्वयनमा आउन नसकेका कारण गुणस्तरी शिक्षामा चुनौति भएको बताए । उनले भने यस तालिमले शिक्षकहरुलाई थप उर्जा हुनुका साथै सिकाईमा फरक पना आई गुणस्तरीय शिक्षामा टेवा पुग्ने छ ।
तालिमका सहभागीहरुलाई स्वागत गर्दै किर्डाक नेपाल, जुम्लाका जिल्ला संयोजक रेशम शाहीले शिक्षा क्षेत्रमा किर्डाक नेपालले लामो समयसम्म काम गर्दै आईरहेको र जिल्लाको गुणस्तरीय शिक्षामा अझै लागीपरेको बताए ।
उनले भने यस तालिमले शिक्षकहरुलाई शिक्षण सिकाईका सिपहरुलाई कार्यन्वयनमा ल्याउनका लागि जवाफदेहि बनाउने छ । पाँच दिनसम्म संचालन हुने प्रारम्भिक कक्षा पढाई शिक्षक तालिममा वल्र्ड भिजनका शिक्षा विद् केशवराज भट्ट, स्रोत व्यक्ति रामबहादुर थापागाई र किर्डाक नेपालका शिक्षा अधिकृत दिपराज रावतले सहजकर्ताको भुमिका निर्वाह गर्ने भएका छन् ।