उपभोक्ता र कर्मचारीको मिलोमतोमा रकम दुरुपयोग

जुम्ला ः पातारासी गाउँपालिकामा संचालन गरिएका विकासे योजनाको बजेटमा स्थानीय तहका कर्मचारी र उपभोक्ता समितिले मनपरी गर्ने गरेका छन् । फिल्डमा आउने प्राविधिक कर्मचारीहरुले समितिबाट सिधै रुपैया माग्ने र उपभोक्ता समितिले कर्मचारी पिच्छे रातो भाले खाने छन् । आयोजनाहरु कमजोर गुणस्तर निर्माण गर्ने र योजना पास गर्नेका लागि उपभोक्ता र कर्मचारीहरुको मिलोमतोमा पैसा लिनेदिन देखि आयोजनाको रकम दुरुपयोग गर्ने गरेका छन् । विभिन्न योजनाको निरिक्षण, योजना गाउँलेलाई पारिएको भन्दै उपभोक्तासंग रुपैया माग्ने गरेको पाईएको हो । स्थानीय तहले ग्रामिण बस्तीका स्थानीयहरुको मन जित्दै नमुना गाउँपालिका बनाउने प्रयासमा लागेपनि कर्मचारीहरु भ्रष्ट देखिएका छन् । प्राविधिक मानबहादुर विष्ट पातारासी गाउँपालिकाका सव ओभरसियर हुन् । उनी विभिन्न गाउँमा योजना निरिक्षण, तथा अवकलोन गर्न जान्छन् ।

योजना निरिक्षण तथा अवलोकनका बेला उनले उपभोक्ता समितिबाट सिधै (खर्च)घुस मागेको खुलेको छ । पातारासी गाउँपालिका वडा नम्बर ६ मा रहेको उर्थुचौतारा ग्रामिण सडक मर्मत समितिको निरिक्षण पश्चात प्राविधिक विष्टले उपभोक्ता समितिबाट २० हजार घुस मागेको खुलासा भएको छ । गाउँपालिकाले गरेको सार्वजानिक सुनुवाई कार्यक्रमका अबसरमा ६ नम्बर वडाका स्थानीय यस्तो खुलासा गरे । उर्थु ग्रामीण सडक मर्म उपभोक्ता समितिका अध्यक्ष पन्नबहादुर विष्टले भने, आफ्नै हातले चेक काटेर कर्मचारीले रुपैया मागेपछि दिएको हु । योजनाको निरिक्षण पछि प्राविधिक विष्टले मलाई अलि खर्च दिनोस् भनेपछि आफुले यतिमा चित्त बुझाउनुस भन्दै २० हजारको चेक काटेर दिएको उनले सार्वजनिक गरे । कर्मचारीले मागेपछि स्वयम् आफु अध्यक्षका हिसाबले पनि घुस दिएको गैरजिम्मेवारी तरिकाले भने । उर्थु सडक निर्माणको कुल लागत ५ लाख थियो, पछि गाउँपालिकाले एक लाख रुपैया थपिदा ६ लाख ४ हजार भयो । त्यो सडक योजना तीन पटक ईष्टमेट गरियो, पछि उपभोक्ता समिति मार्फत प्राविधिक विष्टलाई २० हजार रुपैया दियौँ । उपभोक्ता समितिका अध्यक्ष विष्टका अनुसार सडक योजना पुसमा सकिएको बताए । सव ओभरसियर विष्टलाई उपभोक्ता समिति र गाउँलेको सहमतिमा २०७४ चैतको मसान्तमा उपभोक्ता समितिको चेक मार्फत रकम दिएको अध्यक्ष विष्टको भनाई छ । यस्तै गाउँलेलाई ३ लाख ५० हजार बराबरको ज्याला वितरण गरिएको छ । गाउँपालिका कै कर्मचारीको यस्तो क्रियाकलाप प्रति गाउँपालिका गम्भीर भएको अध्यक्ष लछिमन बोहोराले बताए । उनका अनुसार घुस खाने कर्मचारीसंग बसेर छानविन तत्काल हुने उल्लेख गरे । प्रमुख प्रसाशकिय अधिकृत रामबहादुर बुढाका अनुसार सव ओभरसियर मान बहादुर विष्ट अहिले जिल्ला बाहिर छन् । जुम्ला फर्किए लगत्तै यर्थात बुझी प्रक्रियामा जाने बताए । सव ओभरसियर अहिले कार्यालयको कामको शिलसिलामा सुर्खेतमा छन् । यस विषयमा हामीले प्राविधिक विष्टसंग उनको व्यक्तिगत नम्बरमा टेलिफोन गर्दा उपभोक्ता समिति मार्फत आफुले २० हजार रुपैया लिएको स्विकार गरेका छन् ।
उपभोक्ता समितिनै मुछियो
सरकारले घुस लिन्या र दिन्या दुबै देशका शत्रु हुन भनेको छ । भने, उनलाई कानुनी नियन्त्रणमा लिने समेतका व्यवस्था छ । जनताले कर तिरेर कर्मचारीलाई तलब भत्ता खुवाईरहेका छौँ । तर त्यति थाहा पाउँदा पाउदै पनि उपभोक्ता समितिका पदाधिकारीले रुपैया माग्दा वित्तिकै दिनु उपभोक्ता समितिको कमजोरी देखिएको छ । रुपैया माग्दा कर्मचारीलाई निरुत्साहित गर्नु भन्दा घुस दिएर उत्साहित बनाउने नै उपभोक्ता समितिको कमजोरी भएको सरोकारवालाहरुले बताएका छन् । प्राविधिक मानबहादुर विष्टले घुस खाएको २० हजार रुपैयाको घटनामा उपभोक्ता समितिका पदाधिकारीनै मुछिएका छन् । हामीलाई थाहा भईसकेको थियो । यसमा कर्मचारी र उपभोक्ता समितिनै गलत नियत देखिएको स्थानीय दलबहादुर बुढ्थापाले बताए । कर्मचारीले घुस माग्दा सिधै चेक काटेर दिएको हुँ भन्ने योजनाका अध्यक्ष पन्नबहादुर विष्टको अभिव्यक्तिले सबैलाई चकित बनाएको उनको भनाई छ । सिंह दरबारको अधिकार गाउँमा आएको बेला स्थानिय तहको समृद्धिको सपना लत्याउदै,कर्मचारी, उपभोक्ताको मिलोमतोमा भ्रष्टचार भित्राउन लागेको प्रति स्थानीय हर्कबहादुर बुढा लगायतले आपत्ती जनाए ।
योजना पिच्छे भोज भतेर
संघियता बचाउने र समृद्धि गाउँपालिका बनाउने सपनामा जनप्रतिनिध लागेपनि भित्रभित्रै कर्मचारी र उपभोक्ताले पहिलकै गलत संस्कारमा लुप्त भएका छन् । तर कर्मचारी र उपभोक्ताको यस्तो नियत तथा योजना पिच्छे भाले भोजले भ्रष्टचार गति आन्तरिक रुपमा तिव्र भईरहेको स्थानीयको अनुमान छ । भाले खाने, स्वागत गर्ने भन्दै योजना निमार्णमा अपुग हुने गरी खर्च भएको पाईएको छ । पातारासी गाउँपालिकाकै ७ नम्बर वडामा आएका ईन्जिनियर तथा प्राविधिक तथा उपभोक्ता समितिले मिलेर योजनाकै बजेट भालेभोज गरेको स्थानीय गोरबहादुर रोकायले बताए । खाने भए आफ्नै रुपैया खानु पर्छ । योजना एक पैसा पनि चलाउनु भ्रष्टचार हो । उनले थपे, यसमा उपभोक्ता समितिनै बढि विलासी देखिएको उल्लेख गरे । पातारासी गाउँपालिकाका ईन्जिनियर जीवन कठायतले भने, आफुहरु गाउँमा पुगेका हुदैनौँ , उपभोक्ता समितिले भाले तयार गरेका हुन्छन् । यहाँका प्राविधिक ईन्जिनियरको नाम बेचेर उपभोक्ता समितिले स्थानीय नागरिकलाई ठगेको उनको भनाई छ । हामीले भाले चाहियो भनेर कतै भन्दैनौँ । तर उपभोक्ता समितिले आफै ल्याउन्छन् पछि प्राविधिक आउदाँ भाले खुवायौँ, स्वागत गरौ भनेर भन्ने गलत प्रबृतिले समस्या भएको बताए ।

प्रकाशित मिति : २०७५ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस