संघियता कार्यान्वयन काँग्रेसको काँधमा -‘नेता पौडेल’

जुम्ला । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संघियता कार्यान्वयनको जिम्मेवारी काँग्रेसको काँधमा रहेको दावि गरेका छन् । बाम गठबन्धन सरकार तथा नेपालका कम्युनिष्ट पाटिहरुले संघियता कार्यान्वय गर्न नसक्ने तर्क गर्दै त्यसको जिम्मेवारी काँग्रेसको काँधमा रहेको उनको भनाइ छ । काँग्रेसलाई नवजीवन दिने अभियान अन्तरर्गत आफु कर्मशील काँग्रेसीजनको खोजीमा जुम्ला पुगेको बताउँदै उनले पत्रकारहरुसँग संघिय संरचनाको बिषयमा यस्तो दावि गरेका हुन् ।

‘गठबन्धन सरकारकरको शुरुवाती चरणमानै संघिय संरचना ढुंगाको गाँस स्वरुप भएको छ । जनताका सामु सपना बाडिरहेका छन् । नेपालका कम्युनिष्टहरुसँग संघिय संरचना कार्यन्वयनदेखि देश समृद्धिको स्पष्ट योजना छैन । कम्युनिष्टका भावनात्मक कुराले नेपाली जनता पत्याउने छैनन्’ उनले भने, ‘अहिलेको सरकार संग कर्णाली विकासको ठोस योजना समेत छैन । अब यसको जिम्मा कांग्रेसको हातमा आउने पक्का छ । गठबन्धन सरकारले नसके कांग्रेसले नै कर्णाली समृद्धिको आधार तय गर्छ ।’

फरक प्रशंगमा पाटिभित्र कर्मशील काँग्रेसको अभाव खड्किएको उनको भनाइ छ । उनले भने, ‘पाटिभित्र गुटबन्दी मौलाउँदा चुनाबमा नराम्रो हार बेहोर्नु पर्र्यो । सबै भन्दा बढि पराजय कर्णालीमै भोग्नु पर्र्यो । अब विकट क्षेत्रलाई आधार बनाएर कांग्रेसको यात्रा कर्णालीमा तय भएको हो ।’


यसअघि संविधान कार्यान्वयनदेखि कांग्रेस सरकारले गरेको विकासलाई गठबन्धन सरकारले आफूले गरेको भनेर झुट्टा प्रचार गरी जनतासँग भोट मागेर चुनाब जितेको उनको आरोप छ । ‘जनता सधैँ भ्रमको शिकार हुँदैनन्, हामीले आफ्नो काम जनतामाँझ प्रष्ट देखाउन सकेका छौ । आगामी निर्वाचन हाम्रै पक्षमा छ, उनले भने ।’

उनले पार्टीको गुटगत भावनाले कार्यकर्तामा निराशा उत्पन्न हुनुका साथै चुनावमा हार बेहोर्नु परेको स्विकार्यका छन् । पाटिभित्रको गुटगत भावना अन्त्य गर्दै कर्मशील काँग्रेसीजनको पाटि खोजिमा रहेको उनको भनाइ छ । तर आफ्नो कर्णाली भ्रमणले अब आउने ५ वर्षमा काँग्रेसलाई ४५ प्रतिशत भोट सहित पहिलो पाटी बनाउने समेत उनले दाबी गरे । साथै उनले गठबन्धन सरकारको देखावटी राष्ट्रवाद मात्र रहेको र भित्री भावना खोक्रो रहेको उनले दोष लगाए । देशमा राजनितिक स्थायीत्व कायम गर्न सबै पाटिले कांग्रेससँग सहकार्य गर्न अनिवार्य आवाश्यक रहेको नेता पौडेलको भनाइ छ ।

राप्रपाका जिल्ला अध्यक्ष काँग्रेसमा प्रबेश
राष्ट्यि प्रजातन्त्र पार्टी नेपालका जिल्ला अध्यक्ष नरबहादुर शाहीले बुधबार नेपाली काँग्रेस पार्टीमा प्रबेश गरेका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेलका हातबाट टिका ग्रहण गर्दै उनले पार्टी प्रबेश गरेका हुन् । लामो समयसम्म राप्रपा पार्टीको जिल्ला नेतृत्व गर्दै आएका शाहीले देश र जनताका लागि केही गर्न खोज्ने पार्टी भने नेपाली काँग्रेस हो यसै पार्टीमा लागेकी आगामी दिनमा यसैबाट सामाजिक कार्य गर्ने बताए ।

प्रकाशित मिति : २०७५ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस