जुम्ला । चन्दननाथ नगरपालिकाका सामुदायिक तथा नीजि विधालय पाँच दिन बन्द हुने भएका छन् । बालबालिकाहरुमा केहीदिन यता ´ठेउला` नाम सरुवा रोगको संक्रमण फैलिएकाले विधालय बन्द हुने भएका हुन ।
चन्दननाथ नगरपालिकाको स्वास्थ्य शाखाले सोमवार एक सूचना जारी गर्दै नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विधालय बन्द गर्न आह्वान गरिएको चन्दननाथका स्वास्थ्य शाखा प्रमुख क्षेत्र बहादुर महतले बताए ।
सोमवार असार १ देखि ५ गतेसम्म विधालय बन्द गर्न १० वटै वडा, विधालय,शिक्षा तथा खेलकुद शाखालाई अनुरोध गरिएको छ । बालबालिकामा केहिदिन यता शरिर भरी दाना आउने, चिलाउने समस्या बढदै गएको छ ।
प्रकाशित मिति : २०८३ असार १ गते सोमवार



